रविको निलम्बन फुकुवा गर्न रास्वपाको माग, सरकारले रवैयाको मूल्य चुकाउनुपर्ने चेतावनी (भिडिओ) – Nepal Press

रविको निलम्बन फुकुवा गर्न रास्वपाको माग, सरकारले रवैयाको मूल्य चुकाउनुपर्ने चेतावनी (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको रवैयालाई संसदले समर्थन जनाएको आशंका व्यक्त गरे ।

उनले भने, ‘उहाँमा सरकारले त प्रतिशोध साध्यो, सार्वभौम संसदले पनि सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको छ । चौथो ठूलो दलको सभापतिमाथि सरकारको यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले पक्कै चुकाउनुपर्नेछ । झूटा मुद्दा लगाएर फसाउने सरकारको कुनियत सबैले बुझिसकेका छन् । सरकारको रबैयालाई संसदले समर्थन नगरोस् ।’

प्रतिनिधिसभाको नियमावलीअनुसार थुनामा नरहेको बेलामा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै तत्काल निलम्बन फुकुवा गर्न उनले माग गरे ।


प्रतिक्रिया

One thought on “रविको निलम्बन फुकुवा गर्न रास्वपाको माग, सरकारले रवैयाको मूल्य चुकाउनुपर्ने चेतावनी (भिडिओ)

  1. के कांग्रेस,एमाले वा माओबादी का कुनै नेताले पनि रविले जस्तै ५ / ७ वटा सहकारीबाट रकम ल्याउँदै खाँदै गरेको भए यहि नै भन्थ्यौ कि ति नेताको उछितो काडेर हिँडथ्यौ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर