बेलायतको सैनिक जहाज किन आयो नेपाल ? – Nepal Press

बेलायतको सैनिक जहाज किन आयो नेपाल ?

काठमाडौं । बेलायती शाही सेनाको जहाज हिजो नेपाल आएको छ । विहीबार दिउँसो २:३० मा ASCOT-4102 फ्लाइट नम्बरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

विमानस्थलको उडान तालिकामा सो जहाजलाई कूटनीतिक उडानअन्तर्गत राखिएको छ । जहाजको अवतरण समय २:१५ उल्लेख भएपनि फर्किएको समय उल्लेख गरिएको छैन । स्राेतका अनुसार हिजाे मध्यरातसम्म जहाज विमानस्थलमै थियाे ।

विमानस्थलका प्रवक्ता रेञ्जी शेर्पाले बेलायतको जहाज काठमाडौं आएको पुष्टि गरे । जहाज फर्किसकेको बताएपनि समय भने थाहा नभएको उनको भनाइ छ ।

जहाजमा बेलायती सेनाको लजिस्टिक सामग्री हुन सक्ने उनले अनुमान गरे ।

हाल बेलायतका राजकुमार एड्वर्ड र उनकी पत्नी राजकुमारी सोफी (एडिनब्राका ड्यूक र डचेस) नेपालमा छन् । ३ दिनअघि काठमाडौं उत्रिएका उनीहरू ६ दिने भ्रमणका लागि आएका हुन् । राजकुमार र राजकुमारीका लागि एउटा जहाज अस्ति देखि बिमानस्थलमै रहेकाे बुझिएकाे छ ।

(यसअघि भुलवस अमेरिकी सैनिक जहाज हुन गएकोमा सच्याइएको छ ।)


प्रतिक्रिया

One thought on “बेलायतको सैनिक जहाज किन आयो नेपाल ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर