एलओडीले ६ दिनै वार्षिकोत्सव मनाउने, को-को कलाकार आउँदैछन् ? – Nepal Press

एलओडीले ६ दिनै वार्षिकोत्सव मनाउने, को-को कलाकार आउँदैछन् ?

काठमाडौं । ठमेलस्थित एलओडी क्लबले छैटौँ वार्षिकोत्सव ६ दिन मनाउने भएको छ । स्थापना भएको ६ वर्ष पुगेकाले क्लबले ६ दिनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा वार्षिकोत्सव मनाउन लागेको हो ।

क्लबका अनुसार माघ २६, २८ फागुन १, २ ८ र ९ गते गरी ६ दिन मनाउने भएको हो । पहिलो दिन अर्थात् माघ २६ गते पुर्ण राई एण्ड दाजुभाई, श्रीगो एण्ड द गेन र लिसियस प्रस्तुति गर्ने छन् ।

माघकै २८ गते कुमासागर एण्ड द ख्वापले प्रस्तुति गर्ने छन् । साथै फागुनको एक,दुई,आठ र नौ गते क्रमशः समीर श्रेष्ठ (एफटी गुड ब्वाईज), दोङ, टप हन्डेट डिजे क्यूब्रीक्स र कर्मा ब्यान्डसँगै कुटुम्बले पनि प्रस्तुति दिने भएका छन् ।

एलओडी क्लब ’लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औँ स्थानमा परेको क्लब हो । केही समयअघि क्लब पुनः ’डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ ।

डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्छ । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर