लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्न प्रधानमन्त्री ओलीलाई निमन्त्रणा – Nepal Press

लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्न प्रधानमन्त्री ओलीलाई निमन्त्रणा

रुपन्देही । लुम्बिनी प्रदेश सभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेश सभा बैठकमा विशेष सम्बोधनका लागि निमन्त्रणा गरेको छ ।

फागुन ५ गते सोमवार बस्ने प्रदेश सभाको बैठकमा विशेष सम्बोधनका लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरिएको हो ।

सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका हुन् ।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको छ ।

फागुन ५ गते प्रदेश सभाको बैठकलाई विशेष सम्बोधनपछि घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने र ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुने कार्यक्रम तय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर