नबिल बैंकले काठमाडौं उपत्यकासहित ११२ ठाउँको जग्गा बेच्ने (सूचीसहित)


काठमाडौं । नबिल बैंकले काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा जग्गा बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको एक सय १२ ठाउँको जग्गा बिक्री गर्ने भएको हो ।
बैंकको आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बोलकबोलमार्फत बिक्री गर्ने लागेको हो । खरिद गर्न इच्छुक व्यक्ति तथा कम्पनीले १५ दिनभित्र बैकको केन्द्रीय कार्यालयमा सिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
बोलपत्र सम्बन्धी शर्तबन्देज सहितको बोलपत्र फाराम नबिल बैंक लिमिटेडको कर्जा असुली विभाग, बिजुलीबजार, काठमाडौंबाट कार्यालय समय भित्र खरिद/प्राप्त गर्न सकिनेछ । बोलपत्र बुझाउने अन्तिम दिन बैंक बिदा भएमा बिदाको लगत्तै बैंक खुलेको दिनमा समेत उक्त दिनको ३ बजे बैंकिङ्ग समय भित्र तोकिएको स्थानमा बोलपत्र बुझाउन सकिनेछ । त्यस्तै बोलपत्र खोल्ने दिन बैंक बिदा भएमा बिदाको लगत्तै बैंक खुलेको दिन दिउसो ३ः०० बजे बोलपत्र खोलिनेछ ।
लिलाम गर्न लागिएको सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा खरिद गरिलिने गरी बोलपत्र पेश गर्नु पर्नेछ । एक भन्दा बढी सम्पत्ति विक्रीको हकमा बोलपत्र पेश गर्दा कुन कुन सम्पत्तिको लागि के कति बोलकबोल गर्न खोजिएको हो स्पष्ट खुलाई पेश गर्नुपर्नेछ । बैंकले सबै वा कुनै वा आंशिक रूपमा समेत स्वीकार गर्न सक्नेछ, यस सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार बैंकमा निहित रहनेछ ।
बोलपत्रमा आफूले सकार गरी लिन चाहेको सम्पत्ति के कति रकममा खरिद गरी लिन चाहेको हो सो को अंक तथा अक्षरमा स्पष्टसँग लेखिएको हुनु पर्नेछ र आफूले कबोल गरेको रकमको कम्तीमा १० प्रतिशतले हुन आउने रकम धरौटी बापत यस बैंकको जुन सुकै शाखामा रकम जम्मा गरी सो को सक्कल भौचर वा अन्य बैंक वित्तीय संस्थाको ड्राफ्ट/गुड फर पेमेन्ट चेक/मेनेजर/बैंकर्स चेक समेत बोलपत्र साथ समावेश गरी पेश गर्न सकिनेछ । धरौटी स्वरूप जम्मा गरिएको रकममा व्याज नदिने बैंकले जनाएको छ ।
बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार बैंकमा सुरक्षित रहनेछ । रीत पुर्याइन दर्ता हुन आएको बोलपत्रउपर कुनै कारबाही हुने छैन । इच्छुक व्यक्ति/फर्म/संस्थाले बैंकको कर्जा असुली विभागमा सम्पर्क गरी बोलपत्र फारम लिन सक्ने बैंकले सूचना मार्फत जानकारी दिएको छ ।