उपत्यकामा सवा ३० लाख नागरिकको सुरक्षा गर्नुपर्ने जिम्मेवारी साढे १० हजार सुरक्षाकर्मीलाई – Nepal Press

उपत्यकामा सवा ३० लाख नागरिकको सुरक्षा गर्नुपर्ने जिम्मेवारी साढे १० हजार सुरक्षाकर्मीलाई

एक जना प्रहरीले २८५ नागरिकको सुरक्षा गर्नुपर्ने, मनोबल बढाउन जन्मदिनको शुभकामना सन्देश

काठमाडौं । काठमाडौं उपत्यकामा सवाल ३० लाख नागरिकको सुरक्षा गर्नुपर्ने जिम्मेवारी साढे १० हजार सुरक्षाकर्मीको काँधमा रहेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय राखिनपोखरीका अनुसार अहिले काठमाडौं उपत्यकामा ३० लाख २८ हजार ३८६ जना नागरिक रहेकोमा उनीहरुको सुरक्षा गर्नुपर्ने जिम्मेवारी पाएको नेपा प्रहरीको जनशक्ति १० हजार ६०९ मात्रै रहेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्तरगत रहेका प्रहरी निकायमा ११ हजार ७४९ जनाको दरबन्दी रहे पनि अझै १ हजार १४० जनाको दरबन्दी रिक्त रहेको बिहिबार कार्यालयमा आयोजित पत्रकार सम्मेनलमा कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले जानकारी दिएका हुन् ।

उनका अनुसार स्थायी जनसंख्या सवा ३० लाख भए पनि तीव्र आवतजावत भइरहने हुनाले उपत्यकामा करिब ६० लाख मानिस रहेको आकलन गरिएको छ ।

काठमाडौँ उपत्यका एक जना प्रहरीले करिब २८५ जना नागरिकको सुरक्षा गर्ने जिम्मेवारी रहेको प्रहरी प्रवक्ता एसएसपी खनालले बताए । उनले जनसंख्याको तुलनामा प्रहरी जनशक्ति एकदमै थोरै रहेको छ ।

थोरै सुरक्षाकर्मी भए पनि सुरक्षामा खटिने प्रहरी कर्मचारीको मनोबल बढाउनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयले हरेक प्रहरीको जन्मदिनको अवसरमा ‘जन्मदिनको शुभकामना’ सन्देश पठाउने अभियानको थालनी गरेको छ ।

थोरै सुरक्षाकर्मीबाट पनि काठमाडौँका ३ जिल्लामा लागु गर्ने गरी उपत्यका प्रहरी कार्यालयले सुरक्षित उपत्यका कार्ययोजना–२०८१ तयार गरिरहेको कार्यालयका प्रमुख समेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *