अघिल्लो सरकारका कारण नेपाल ग्रे लिस्टमा पर्न लागेको अर्थमन्त्रीको आरोप – Nepal Press

अघिल्लो सरकारका कारण नेपाल ग्रे लिस्टमा पर्न लागेको अर्थमन्त्रीको आरोप

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारका कारण सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा नेपाल पर्न लागेको आरोप लगाएका छन् । बिहीबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

नेपाल ग्रे लिस्टमा पर्न लागेकोबारे बोल्दै अर्थमन्त्री पौडेलले भने, ‘अहिले एक प्रकारको परीक्षा सकिएको र रिजल्ट निकाल्न बाँकी रहेको अवस्था छ । परीक्षा हामी आउनु भन्दा अगाडि भएको थियो । रिजल्ट हामी आएपछि टासिदैछ । यद्यपि हामी के गर्न सकिन्छ भन्नेबारे कोसिस गरिरहेका छौँ । तर, सम्भावना कम छ । हिजै परीक्षा भइसकेको छ ।’

त्यस्तै उनले अर्थतन्त्रको अवस्थाबारे पनि उनले अघिल्लो सरकारले बिग्रेको अवस्थामा पुर्याएको अर्थतन्त्र आफूहरूले सुधार तर्फ लैजाँदै गरेको दाबी गरे । यसमा पहिले कुन कार्य परिस्थितिमा उसले कसरी काम सुरु गरेको छ भन्ने विषय पनि हेर्नु पर्ने उनको भनाई छ ।

‘अर्थतन्त्र ओरालो लाग्ने क्रम थियो । ओरालो लाग्नेक्रममा हामीले रोकेका छौँ । क्रमशः सकारात्मक सूचक सकारात्मक तिर लगिरहेका छौँ । सरकारले गरेका काम राम्रा छन् । यसबारे हामीलाई गर्व छ’, अर्थमन्त्री पौडेलले भने ।

उत्पादन र उत्पादकत्वमा अहिले सरकार केन्द्रित रहेको समेत उनले बताए । खर्च किन भएन अब खर्च कसरी बढाउन सकिन्छ भन्नेबारे सरकारले खर्च गर्ने क्षमता बढाउन लागिरहेको उनले बताए ।


प्रतिक्रिया

One thought on “अघिल्लो सरकारका कारण नेपाल ग्रे लिस्टमा पर्न लागेको अर्थमन्त्रीको आरोप

  1. काम गर्न नसक्ने अर्कालाई दोसलगाएर उम्कन नखोजौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *