बैंक ग्यारेन्टी बुझाएर रवि हिरासतमुक्त, अदालतबाट बाहिरिँदै भने- यो परिवर्तनको प्रसवपीडा हो (भिडिओ) – Nepal Press

बैंक ग्यारेन्टी बुझाएर रवि हिरासतमुक्त, अदालतबाट बाहिरिँदै भने- यो परिवर्तनको प्रसवपीडा हो (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला प्रहरीको हिरासतबाट मुक्त भएका छन् । जिल्ला अदालत चितवनले मागेको ५४ लाख धरौटी बराबरको बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन् ।

रविले अदालतबाट निस्किँदै सम्मानित अदालतले न्याय दिन्छ भन्नेमा विश्वास रहेको बताए । यो परिवर्तनको प्रसवपिडा भएको उनको भनाइ छ ।

रविले भने, ‘चितवन देवभूमि हो, परिवर्तनको सुरुवात यहीँबाट हुन्छ । यो व्यक्तिका लागि होइन, परिवर्तनका लागि हो । प्रसवपीडाको बेला आमालाई जस्तो पीडा हुन्छ, त्यस्तै परिवर्तनका लागि भएको प्रसवपिडा हो । यो पीडामा कोही रुनु पर्दैन । मलाई सम्मानित अदालतप्रति विश्वास छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर