रास्वपा सांसद साहको चेतावनी- रवि लामिछानेको निलम्बन फुकुवा नभए अदालत जान्छौं (भिडिओ)


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम साहले सरकारले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर जिल्ला जिल्ला घुमाई रहेको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘उहाँलाई जिल्लाजिल्ला घुमाएर मानव अधिकारको हनन गरेको छ । कुरा कसरी आएको छ भन्ने कुरा आम जनताले बुझी सकेका छन । तर सार्वभौम संसदले समेतमा सांसद पद निलम्बन गर्न सरकारको आदेश पालक बन्नु खेदजनक छ ।’
उनले पार्टी सभापतिको सांसद पद निलम्बन गर्नु पूर्णतः गैरकानुनी, स्वेच्छाचारी कार्य भएको दाबी गरे ।
उनले थपे, ‘सभापति लामिछानेलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ, न त अभियोग दाबी बमोजिम राष्ट्रसेवकको परिभाषामा उहाँलाई राख्न मिल्छ। यसरी कानूनको अपव्याख्या गरेर अराजनीतिक र बदनियतपूर्ण शैलीमा. रवि लामिछानेलाई संसद पदबाट निलम्बन गर्नु पूर्णतः गैरकानुनी, स्वेच्छाचारी कार्य रहेको छ ।’
संसद् कुनै व्यक्तिको, कुनै दल विशेषको, वा सत्ताधारीहरूको निजी अखडा नभएको बताए ।
उनले थपे, ‘हामी सुसंस्कृत राजनीति मा बिस्वास गरछौ संसदीय मर्यादा ध्वस्त पार्ने काम बदर गरियोस् । उहाँको सांसद पद निलम्बन फुकुवा होस अन्यथा हामी अदालतको ढोका ढक्ढक्याउन बाध्य हुनेछौं ।’