कम्बोडियाका राजाले बुझे नेपाली राजदूत डा ओलीको ओहोदाको प्रमाणपत्र – Nepal Press

कम्बोडियाका राजाले बुझे नेपाली राजदूत डा ओलीको ओहोदाको प्रमाणपत्र

काठमाडौं । कम्बोडियाका लागि गैरआवासीय नेपाली राजदूत डाक्टर धनबहादुर ओलीले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । राजा नरोद्दिम सिङ्हानुकलाई बुधवार कम्बोडियाको राजदरबारमा आयोजना गरिएको एक समारोहमा प्रमाणपत्र बुझाइएको हो ।

बैङ्ककस्थित नेपाली आवासिय राजदूतले नै कम्बोडिया हेर्ने गरेका छन् । बैङ्ककको नेपाली राजदूतावासले दिएको जानकारीअनुसार राजा सिङ्हानुकसँगको छलफलमा दुई देशको कूटनीतिक सम्बन्ध बारेमा कुराकानी भएको र राजदूत ओलीको कार्यकालमा सम्बन्धले अझ उचाई लिओस् भन्ने कामना राजाले राखेका थिए ।

कम्बोडिया नेपालले कूटनीतिक सम्बन्ध बनाएको ६० औ मुलुक हो । राजा वीरेन्द्रको समयको पन्चायत कालमा सन १९७५ अप्रील १८ मा नेपाल र कम्बोडियाको कूटनीतिक सम्बन्ध स्थापना भएको हो । कम्बोडियाको दिल्ली मिसन र नेपालको बैङ्कक मिसनले एक-अर्कालाई हेर्न गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *