क्रिप्टोकरेन्सीका दुई भारतीय कारोबारी पक्राउ – Nepal Press

क्रिप्टोकरेन्सीका दुई भारतीय कारोबारी पक्राउ

काठमाडौं । प्रहरीले क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले भारतको विहार राज्य, पूर्वीचम्पारणस्थित घोडासान पोष्ट– १३ स्थायी ठेगाना भई काठमाडौं, धोविचौर बस्ने २१ वर्षीय नुर आलम अन्सारी र इरफान अन्सारीलाई पक्राउ गरेको हो ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा २६२ (क) अनुसार अभौतिक मुद्राको कारोबार गर्न नहुने कसुरमा उनीहरू पक्राउ परेको कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।

उनीहरुले एउटा मोबाइल सेटमा ८ वटा जिमेल आइडी बनाएर बाइनान्स आइडी खोलेको प्रवक्ता आचार्यले बताए । बाइनान्स आइडीको कारोवार अध्ययन गर्दा अमेरिकी डलर ६ हजार १ सय ८४.३३ को कारोबार फेला परेको छ ।

उनीहरूबाट दुई–दुई थान मोबाइल र एटिएम कार्डसहित नगद २ लाख ९५ हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर