चितवनका न्यायाधीशले सुरक्षा अधिकारीलाई बोलाएर सोधे- सुरक्षा कडा छ नि ? – Nepal Press

चितवनका न्यायाधीशले सुरक्षा अधिकारीलाई बोलाएर सोधे- सुरक्षा कडा छ नि ?

चितवन । जिल्ला अदालत चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा थुनछेक आदेश दिने तयारी भइरहेको छ । न्यायाधीश आदेश लेख्न व्यस्त छन् ।

हिजोबाट सुरू भएको थुनछेक बहस दुई दिनमै सकेर न्यायाधीसले आदेशको तयारी गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ताहरु न्यून धरौटीमा छोडिने आशा गरेर बसिराखेका छन् । अदालतबाहिर समर्थकको भिड बढिरहेको छ ।

यता अदालत परिसरमा सुरक्षा सतर्कता पनि बढाइएको छ । स्रोतका अनुसार न्यायाधीश दयाराम ढकालले केहीबेरअघि एक प्रहरी अधिकारीलाई बोलाएर सुरक्षा अवस्थाबारे सोधेका थिए ।

‘सुरक्षा कडा छ नि ?’ भनेर न्यायाधीशले सोधेपछि ती प्रहरी अधिकारीले आश्वस्त तुल्याए । त्यसपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।


प्रतिक्रिया

One thought on “चितवनका न्यायाधीशले सुरक्षा अधिकारीलाई बोलाएर सोधे- सुरक्षा कडा छ नि ?

  1. यो अपराधी भ्रष्ट सरकार रबिलाई जस्तोसुकै गरेर भए नि झुठो आरोपमा फसाउन चाहन्छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *