गाजा क्षेत्र कब्जामा लिने ट्रम्पको घोषणामा माओवादीको कडा आपत्ति र भर्त्सना – Nepal Press

गाजा क्षेत्र कब्जामा लिने ट्रम्पको घोषणामा माओवादीको कडा आपत्ति र भर्त्सना

सार्वभौमसत्तासम्पन्न प्यालेस्टाइनको स्थापना हुनुपर्ने अडान

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइन अन्तर्गतको गाजा क्षेत्रलाई कब्जामा लिने र त्यहाँका जनतालाई अन्यत्र पठाउने घोषणा गरेकोप्रति नेकपा माओवादी केन्द्रले कडा आपत्ति जनाएको छ । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यो विषयमा सरकारले समेत आफ्नो दृष्टिकोण प्रष्ट पार्नुपर्ने माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो नाङ्गो साम्राज्यवादी तथा बिस्तारबादी नीति संयुक्त राष्ट्र संघको घोषणा पत्र, सबै मुलुकहरूको सार्वभौमिक समानताको नीति, राष्ट्रसंघको मान्यता, मर्म एवं भावना र प्यालेस्टाइन मामिलामा राष्ट्रसंघले पारित गरेका प्रस्तावहरूको विरुद्धमा छ । अन्तर्राष्ट्रिय कानुन र मानव सभ्यताको धज्जी उडाउने ट्रम्पको यो कथित प्रस्तावको विश्वका सबै मुलुकहरू र जनताले सम्पूर्ण एकता एवं दृढताका साथ अस्वीकार गर्नु आजको आवश्यकता हो ।’

त्यस क्षेत्रमा युद्धविरामलाई निरन्तरता दिई संयुक्त राष्ट्रसंघद्वारा पारित दुई सार्वभौम राज्यको नीतिलाई व्यवहारमा लागू गरेर सार्बभौमसत्तासम्पन्न प्यालेस्टाइनको स्थापना हुनुपर्ने माओवादीको अडान उनले प्रष्ट पारेका छन् ।

सरकारले तत्काल स्वतन्त्र एवं असंलग्न परराष्ट्र नीति अनुरुप यस विषयमा आफ्नो दृष्टिकोण ,नीति र धारणा सार्वजनिक गरोस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *