सदनमा गृहमन्त्रीको जवाफ- अन्तरजातीय विवाहमा मेरो निर्देशनमा अत्याचार भयो भन्नु कपोकल्पित (भिडिओ) – Nepal Press

सदनमा गृहमन्त्रीको जवाफ- अन्तरजातीय विवाहमा मेरो निर्देशनमा अत्याचार भयो भन्नु कपोकल्पित (भिडिओ)

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सर्लाहीको सर्लाहीको बरहथवाका सत्यन्द्रकुमार राम चमार र नेहा रौनियारको अन्तरजातीय विवाहसम्बन्धी विषयमा उठेका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

प्रतिनिधिसभाको विहीबारको आकस्मिक समयमा अन्तरजातीय विवाहको मुद्दालाई लिएर राज्यशक्तिको दुरुपयोग भएको भन्दै केही सांसदहरूले गृहमन्त्रीको जवाफ मागेका थिए ।

सांसदहरूको सवालको जवाफमा गृहमन्त्री लेखकले अन्तरजातीय विवाहमा गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्नु कपोकल्पित भएको बताए ।

आफू जातीय विभेद र छुवाछुतविरुद्ध रहेको भन्दै अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु आफ्नो आदर्शप्रतिको अवमूल्यन भएको लेखको भनाइ थियो ।

वैयक्तिक स्वतन्त्रता र मानव अधिकारको ग्यारेन्टीका लागि विद्यार्थीकालदेखि नै लड्दै आएको भन्दै उनले अन्तरजातीय विवाहलाई कानूनले नै मान्यता दिएको र कानून अक्षरस: पालना गराउनु आफ्नो कर्त्वय रहेको धारणा राखे ।

उक्त घटनामा आफ्नो धारणा यसअघि नै स्पष्ट पारेको र प्रहरीलाई निर्देशन दिएअनुसार प्रतिवेदन सार्वजनिक गरिसकेको भन्दै लेखकले सत्यन्द्रकुमार र नेहाको पूर्णरूपमा सुरक्षाको प्रत्याभूत गरिने र कही त्रुटी देखिए छानबिन र कारबाही गर्ने प्रतिवद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर