प्रचण्डलाई रिमालको प्रश्न- टिकटक प्रतिबन्ध लगाउनेले सामाजिक सञ्जाल फुक्काफालको तर्क गर्ने ? – Nepal Press

प्रचण्डलाई रिमालको प्रश्न- टिकटक प्रतिबन्ध लगाउनेले सामाजिक सञ्जाल फुक्काफालको तर्क गर्ने ?

काठमाडौं । संसदमा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी विधेयक ल्याएकोमा प्रतिवाद गरेपछि प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले प्रतिपश्न गरेका छन् ।

प्रचण्डको सम्बोधनलगत्तै सामाजिक सञ्जालबाटै जवाफ दिएका रिमालले टिकटक प्रतिबन्ध लगाउने व्यक्तिले सामाजिक सञ्जाल फुक्काफाल सञ्चालन गर्न पाउनुपर्ने तर्क गरेको भन्दै प्रश्न गरेका हुन् ।

रिमालले भनेका छन्, ‘पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल “प्रचण्ड” को सम्बोधन सुन्दैछु । एउटा प्रश्न नि, आफू प्रधानमन्त्री हुँदा चर्चित सामाजिक सञ्जाल टिकटकमाथि जसले प्रतिबन्ध लगायो, उसैले सामाजिक सञ्जाल फुक्काफाल सञ्चालनको तर्क गर्ने ? पत्रकार कनकमणि दीक्षितले उहाँलाई त्यसै demagogue (जनतालाई भड्काएर उनीहरूको भावनामा खेलेर सत्तामा रहने दुर्जन नेता) भन्नु भएको होइन रहेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर