बालेन र रविदेखि आशिका तामाङसम्मको बचाउमा उत्रिए प्रचण्ड, हर्क साम्पाङबारे यसकारण मौन


काठमाडौं । सत्ताबाट बाहिरिएपछि राज्यसत्तासँग असन्तुष्ट व्यक्ति र समूहसँग अघोषित सहकार्यमा उत्रिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदमा आज त्यही रुपमा मुखरित भए । प्रतिनिधिसभाको विहीबारको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रमुख विपक्षी दलका नेता प्रचण्डले रास्वपा सभापति रवि लामिछानेदेखि अभियन्ता आशिका तामाङसम्मकाे बचाउ गरेका छन् ।
सम्झाइ बुझाइ गरेर टुंगो लगाउन सकिने विषयलाई मुद्दा चलाएर जिल्ला जिल्लामा बयानका लागि घुमाउने तरिकाले जनताप्रति सरकारको रवैया प्रष्ट भएको प्रचण्डले बताए । सार्वजनिक सेवा प्रवाहमा असन्तुष्टि जनाएर अभियान चलाउने अभिन्यता भन्दै आशिका तामाङको पक्राउप्रति उनले आपत्ति जनाए । त्यस्तै बालेनको टिसर्ट लगाएर दरवारमार्गमा प्रधानमन्त्रीलाई हुटिङ गर्ने युवकलाई पक्राउ गरिएकोमा पनि सरकारकाे निन्दा गरे ।
प्रचण्डले भने, ‘राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य भएको छ । सामान्य सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्लामा दौडाउने र कडा कडा मुद्दा लगाइँदैछ । टिसर्टमा कसैको फोटो देखियो भनेर पनि तपाईहरूले नागरिकलाई नियन्त्रणमा लिनुभएको छ । सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेलाई पनि थुन्नुभयो, मुद्दा चलाउनुभयो ।’
प्रचण्डले रविमाथि राजनीतिक प्रतिशोध लिइएको बताए । रास्वपाले पाएको २१ सीट कांग्रेस र एमालेको निगाहमा नआएको भन्दै उनले रवि सहकारी ठगीमा कतै नजोडिएको उल्लेख गरे ।
प्रचण्डले धरानका मेयर हर्क साम्पाङबारे भने केही पनि बोलेनन् । केही दिनअघि उनी रित्तो गाग्री बोकेर पानी माग्दै सिंहदरबार प्रवेश गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रचण्डले हर्क साम्पाङ सिंहदरबार आएर गेटमा भएको लफडाकाे सन्दर्भ निकालेनन् । धरानमा माओवादीकै उपमेयर अइन्द्र बेघासँग हर्कको लफडा परिरहेकाले प्रचण्ड उनको बारे मौन बसेका हुन् ।
प्रचण्ड प्रधानमन्त्री भएकै बेला बालुवाटारमा तत्कालीन कांग्रेस–माओवादी गठबन्धनसहितका शीर्ष नेताको बैठकले महानगरको मेयर बालेन शाहलाई थुन्नेबारे छलफल गरेकाे दावी सीके राउतले गरेका थिए । बालेनले त्यसबेला आफ्नी श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको आक्रोशमा सिंहदरवार जलाउने धम्की दिएका थिए ।
त्यसबेला गृहमन्त्री नारायणकाजी श्रेष्ठ थिए । तर पछिल्लो समय सत्ताबाट बाहिरिएपछि प्रचण्ड बालेनहरुजस्तै सामाजिक संजालमा लोकप्रिय रहेका वा धेरै फलोअर्स रहेका अभियन्ताहरुलाई नचिढ्याउने रणनीतिमा छन् ।
माओवादी अध्यक्ष प्रचण्ड र विशेषगरी उनको सचिवालयले अहिले व्यवस्थित ढंगले सामाजिक संजाल र अनौपचारिक संचारमाध्यमहरुको प्रयोगमा साधन, स्रोत र सीप परिचालन गरिरहेको छ । मूलधारका मिडियामा भन्दा सर्वसाधारणले अनौपचारिक सामाजिक संजाल र अनुत्तरदायी प्लेटफर्महरुका कन्टेन्टमा बढी रुची राख्ने र त्यस्ता कन्टेन्ट भाइरल हुने गरेकाले प्रचण्डको सचिवालयले सोही प्लेटफर्ममा जानेगरी मेहनत गरिरहेको छ ।
पछिल्लोपटक युट्युवर र सोसल मिडिया इन्फ्लुएन्सरहरुको समेत भेला गरेर प्रचण्डसँग भेटघाट गराइएको थियाे । आशिका तामाङहरुका समर्थकलाई समेत आफूतिर तान्न सोचबिचार गरेर संसदमा उनले सम्बोधन गरेको सचिवालय स्रोतले जनाएको छ ।
तेस्रोपटक प्रधानमन्त्री भएपछि प्रचण्डको साहित्यिक शैलीको तर छोटा र चोटिला वाक्यसहितको भाषणको शब्द संयोजन भने एक मूलधारकै मिडियाका प्रमुखले गर्ने गरेका छन् ।
नेपाली कांग्रेसका गृहमन्त्री माथी यत्रो आरोप् लगाउदा सभापति शेर बहादुर देउवा चुप लाग्ने देखिदैन।
प्रचण्डको छटपटी सत्ताको बहिर्गमन बाहेक केहि होइन ।
सत्ता विना प्रचण्ड बाँच्नै नसक्ने भएछ ।
प्रचण्डका हरेक बोली, भनाइ र बिचारमा छदम्भेस देखिन्छ : साच्ची तिम्रो वास्तविक रुप के हो प्रचण्ड?
१. शान्ति पूर्ण आन्दोलनमा गोलि चलाएर धरानमा ‘ … लिम्बु’ लाई मारेउ (प्रचण्ड प्रम. , नारायणकाजी गृहमन्त्री), अहिले मुकुन्लुंग बचाउने भन्दै हिडेकाहरुसंग तिम्रै उक्साहटमा झडप भयो, के गरेको भन्ने तिमी !!
२. रविले सहकारीमा धगी गरेका छन् कारबाही गर्नु भनेर निर्णय गर्ने तिमी अनि अहिले कारबाही नगर भन्ने तिमी !!
३. दम्पिंग साइटमा फोहोर थुपार्न नदिन मान्छे उक्साउने तिमी, अनि अहिले बालेनलाई सरकारले रोक्यो भन्ने तिमी !!
४. TikTok प्रतिबन्द लगाउने प्रचण्ड, सामाजिक संजाल ब्येवास्थित र मर्यादित गर्न आएको बिधेयक बिरोधि प्रचण्ड : दुनै एकै हुन् ?
५. संसद बाहिर MCC को बिरुद्द आगो बाल्न लगाउने तिमी, संसद भित्र सबैलाई बन्धक बनाएर MCC पास गर्ने र लागु गर्ने तिमी !!
६. भारत बिरुद्द सुरुङ्ग युद्द गर्ने भन्दै सोझा युवा सुर्र्याउने उराल्ने र मर्न मार्न उतार्ने तिमी, भारत बिरुद्द कुनै निर्णय र कदम चालिने छैन भनेर त्येत्ति नै बेला कसम खाने अनि भारतको लागि कम्फ़र्टेबल सरकार चलाउने, अझ. प्रधानमन्त्री बनाइदिन लबिङ्ग गर्न बारम्बार मान्छे दिल्ली पठाउने पनि तिमी !!
७. खासमा प्रचण्डको भाषामा राजनीति सम्भावनाको खेल हो रे तास फिटे जस्तो, जुवाको पासा फ्याके जस्तो, लुण्डोको गोट्टी पल्टाए जस्तो अनि ‘ग्याम्ब्लिंग’ को गोट्टी लडाए जस्तो : दाउ परे लखपति, नपरे कंगाल !! के यस्तै हो त देश बनाउने बाटो ?? कहा के गर्दा खेल जितिन्छ त्येही गर्ने यस्तै देखिएको छ : ठिक प्रचण्डको बोलाइ र गराइ मिलेको !! यस्ता धेरै उदाहरण छन् : जसले देशको राजनीतिमा ‘ब्येभिचार’ देखियो अनि सबै तिर लथालिङ्ग !!
८. तालि बजाउदै पछि लागेकाहरु हो भन : प्रचण्डको वास्तविक अनुहार के हो ?? के यस्तै ‘जता मल्कु त्येतै ढल्कु’ भएर ‘ झिङ्गे राजनीति’ मा लंठिएर कटाउने हो दिन र उमेर, यसरी हो देश र तिम्रो भविस्य बन्ने : यस्तै हो हुनु पर्ने देशको नेतृत्व ??