‘ढलेँ ढलेँ’ गीतमा ओलीलाई प्रचण्डको जवाफ- देउवाजीलाई छाड्छु भनेर दिनदिनै कसम खाइरहन पर्दैन (भिडिओ)
आफ्नै सामर्थ्यमा माओवादीले आगामी चुनावपछि सरकार बनाउने दाबी


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु कुनै सत्ताको खेलमा नभएको प्रष्टीकरण दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूहरु जनतातर्फ फर्किएको बताए ।
उनले भने, ‘अस्ति प्रधानमन्त्रीले गीत गाउनुभयो संसदमा मत ढलेँ ढलेँ, तपाईंहरुप्रति विश्वास छ भने यति महिनापछि शेरबहादुरजीलाई प्रधानमन्त्री छाड्छु भनेको भन्दा ७ दिन अघि छाड्छु भन्नुपर्छ त, आपसमा विश्वास भएको भए ? हरेक ठाउँमा भनिराख्नुपर्छ तर, उहाँको कान र आँखा तगडा छन् धेरै पटक भनिराख्नुपर्दैन ।’
उनले यो सरकार प्राकृतिक, असंवैधानिक नभएकाले आफैं ढल्छ भनेको तर ढाल्छु भनेको बताए । उनले प्रधानमन्त्री र कांग्रेस नेताको कुर्सी मिलाइराख्न पनि नपर्ने बताए ।
उनले ०८४ को चुनावपछि पनि सँगै मिलेर जान चुनौती दिएका छन् ।
उनले थपे, ‘तपाईंहरुले पत्याउँनुभएको छैन होला । हामी आफ्नै खुट्टामा टेकेर आफ्नै सामथ्र्यमा सरकार बनाउँछौं । सरकारको खेलमा छैनौैं । अहिले जस्तै संसदको दुरुपयोग गरेर विचौलियालाइ देश बेच्न हिँड्नुभयो भने हामी प्रतिवाद गर्छौँ ।’
दिल्लीका भाडाका टट्टुहरूलाई ओलि सरकार सही नसक्नु भएको छ ।