सामाजिक सञ्जाल विधेयकबारे प्रचण्ड- पाइलैपिच्छे जेल र जरिवानाको तरबार झुण्ड्याइएको छ (भिडिओ) – Nepal Press

सामाजिक सञ्जाल विधेयकबारे प्रचण्ड- पाइलैपिच्छे जेल र जरिवानाको तरबार झुण्ड्याइएको छ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयक आपत्तिजनक रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो विधेयकमा नागरिकलाई पाइलैपिच्छे जेल र जरिवानाको तरबार झुन्डाइएको टिप्पणी गरे ।

उनले भने, ‘अहिले त बोलेकै आधारमा नागरिकलाई हत्कडीमा जिल्ला घुमाइरहेको सरकारले पारित भएपछि के गर्ला ? गम्भिर प्रश्न खडा भएको छ ।’

पाथीभरा केबलकार निर्माणको विषयमा सरकारले बल प्रयोग गरेको उनले आरोप लगाए । संवादबाट समस्या समाधान गर्नुको सट्टा दमन गरेको प्रचण्डको जिकिर छ ।


प्रतिक्रिया

2 thoughts on “सामाजिक सञ्जाल विधेयकबारे प्रचण्ड- पाइलैपिच्छे जेल र जरिवानाको तरबार झुण्ड्याइएको छ (भिडिओ)

  1. सामाजिक सन्जाल बन्द चाहिँ कसले पाे गरेकाे थियाे ?

  2. सामाजिक सञ्जालमा गालीगलौज, धम्कीको अभियान चलाउनेको नाईकेलाई नियमनले सातो गएछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर