सरकारलाई गगनको प्रश्न- बाढीले भत्किएको सडक बनाउने पैसा कहाँबाट ल्याउने ? (भिडिओ)


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारसँग जाजरकोट भूकम्प र असोजमा गएको बाढीबारे भएको कामबारे जानकारी गराउन माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै असोजमा गएको बाढीहरूले भत्किएको सडक निर्माण गर्न पैसा कहाँबाट आउँछ ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘जाजरकोट भूकम्पपछि ९२ हजार घरहरूको पुनर्निर्माण गर्नुपर्ने कुरा आएको छ । पुननिर्माण धेरै परको कुरा दोस्रो किस्ता पनि कतिले पाएका छैनन् । असोजमा गएको बाढीले भत्किएका घरहरू अस्थायी आवास बनाउन मंसिरभित्र रकम दिने निर्णय भयो । तर, अझै कतिले पाएका छैनन् । ४१ वटा सडकखण्ड पुनर्निर्माण गर्न २५ अर्ब चाहिन्छ, सरकारले बजेटमा जम्मा २१ अर्ब छुट्याएको छ । पैसा कहाँबाट ल्याउने भन्ने सरकारले सोचेको छ ? बर्खामा बाटोहरू कसरी बन्छन् ।’