निर्मला घिमिरे ‘निरु’ को नयाँ गीत ‘सलल बग्छ खोला यो’ को भिडिओ सार्वजनिक – Nepal Press

निर्मला घिमिरे ‘निरु’ को नयाँ गीत ‘सलल बग्छ खोला यो’ को भिडिओ सार्वजनिक

काठमाडौं । निर्मला घिमिरे ‘निरु’ ले आफ्नो नयाँ ‘सलल बग्छ खोला यो’ गीतको म्युजिक भिडिओ सार्वजनिक गरेकी छन् ।

जीवन सुखदुःखको सँगालो भएको जीवन दर्शन व्याख्या गर्ने यो गीतलाई डाक्टर किरांतले लेखेका हुन् । शब्दसँगै गीतमा संगीत पनि उनले नै दिएका हुन् । सागर संसारको संगीत संयोजन रहेको गीतलाई बोधी एचडी यूट्यूव च्यानलमा रिलिज गरिएको छ ।

यसैगरी गीतको भिडिओलाई गोपाल कटुवालले निर्देशन गरेका हुन् ।

भिडिओमा समिता गिरी र भविष्य कार्कीले अभिनय गरेका छन् । शिव ढकालले छाँयाकन गरेको यस भिडिओलाई रामप्रसाद चौधरीले सम्पादन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर