रविको थुनछेक बहस : सरकारीतर्फका वकिलको बहस सकियो, प्रतिवादीतर्फको सुरू


चितवन । जिल्ला अदालत चितवनमा भइरहेको रवि लामिछाने विरुद्धको थुनछेक बहसमा वादी तर्फका बहस सकिएर रवि लामिछाने तर्फका अधिवक्ताहरूको बहस सुरु भएको छ ।
जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार रविका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तको बहस सुरु भएको हो ।
यसअघि जिल्ला न्यायाधीवक्ताहरु बारा जिल्लाका शम्भुकुमार बस्नेत, पर्सा जिल्लाका न्यायाधीवक्ता भोलानाथ निरौला र धादिङका न्यायाधीवक्ता दशरथ पंगेनी ले बहस गरेका छन् ।
त्यसैगरी जाहेरवाला सहकारी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ, अधिवक्ताहरू रामचन्द्र गौतम, सुनिता अधिकारीले बहस गरिसकेका छन् ।
लामिछानेका तर्फबाट बहसको लागि तीन जना वरिष्ठ अधिवक्ता पन्त सहित १० जनाले वकालतनामा लिएका छन् । जसमा वरिष्ठ अधिवक्ता धर्मराज आचार्य, जगन्नाथ पौडेल अधिवक्ताहरू डा. नारायणदत्त कँडेल, चूडामणि सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, सञ्जय गोले, केदारराज पन्त र दीपकराज तिमिल्सिना रहेका सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।