कांग्रेसको दाबी- जसपा नेपालसँग कुरा मिलिसक्यो, अध्यादेश स्वीकृत हुन्छ (भिडिओ) – Nepal Press

कांग्रेसको दाबी- जसपा नेपालसँग कुरा मिलिसक्यो, अध्यादेश स्वीकृत हुन्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशको पक्षमा जसपा नेपाल उभिने दाबी गरेको छ ।

सदन बस्नुअघि बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक श्याम घिमिरेले जसपा नेपालसँग कुरा मिलिसकेको बताए ।

उनले भने, ‘प्रतिनिधिसभामा केही समस्या छैन । राष्ट्रियसभामा केही समस्याजस्तो देखियो तर अहिले कुरा मिलिसक्यो । समर्थन गर्छ । हिजो पनि प्रधानमन्त्रीलाई भोट हालेको पार्टी हो । अहिले सत्तापक्षकै बेञ्चमा बसेको छ ।’

उनले जसपा नेपालले कुन शर्तमा समर्थन गरेको भने खुलाएनन् ।

उनले भने, ‘शर्तबारे भोलि थाहा पाउनुहुन्छ । अहिले केही लेनदेन भएको छैन । यो अध्यादेशलाई विरोध गर्नुपर्ने कुरा कारण छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर