पारिवारिक तनावमा थिइन् प्रहरी जवान निशा, टिकटकबाट आत्महत्याको संकेत – Nepal Press

पारिवारिक तनावमा थिइन् प्रहरी जवान निशा, टिकटकबाट आत्महत्याको संकेत

काठमाडौं । प्रहरी प्रभाग साँखुको महिला व्यारेकमा मृत फेला परेकी प्रहरी जवान निशा चौधरी केही सातायता पारिवारिक तनावमा रहेको र सोही कारण आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

बुधबार विहानको खाना खान व्यारेक फर्किएकी २३ वर्षीया चौधरीले सिलिङ पंखामा पासो लागि ज्यान गुमाएकी थिइन् ।

एक महिनादेखि उनी त्यहाँ सञ्चालित शालिनदी महोत्सवका निम्ति थप मद्दत टोलीमा सामेल भई खटिएकी थिइन् । उनी प्रहरी बृत्त गौशालामा कार्यरत थिइन् । वरिष्ठ सई विजय पौडेलको कमान्डमा त्यहाँ गएकी थिइन् ।

प्रहरीस्रोतका अनुसार दुबईमा रहेका उनका पति निरन्जन केसी र उनीबीच केही न केही समस्या थियो । त्यही तनावमा उनले केही दिन पहिले भावुक टिकटक बनाउँदै ’मलाई माफ गर आमा’ भन्ने शब्द उल्लेख गरेकी थिइन् ।

गत साता (माघ १७ गते) सोनाम ल्होसारका सन्दर्भमा उनले कार्यस्थल साँखुमै फोटोसुट गरेको र सो दृश्य फेसबुकमा अपलोड गरेकी थिइन् । त्यसमा उनी खुशी मुद्रामा प्रस्तुत भएकी छन् । तर, त्यसलगत्तै टिकटकमा उनी भावुक भएको गौशाला प्रहरी बृत्तमा कार्यरत उनकी एक सहकर्मी प्रहरी जवानले बताइन् ।

व्यारेकमा सँगै बस्ने अन्य महिला प्रहरीसँग उनी खुलेर बोल्ने गर्दैन थिइन् । अन्य सहकर्मीले खाना र खाजा खाने ठाउँमा उनी जान रुचि राख्दिन थिइन् ।

’टिकटक हेरेपछि नै केही न होला भन्ने लागेको थियो’, सहकर्मी प्रहरीले भनिन्, ’व्यक्तिगत कुरा धेरै सोधखोज गर्न मिलेन, आज मृत्युको खबर सुन्नुप¥यो ।’

परिवारको उपस्थिति नभएका कारण उनले आत्महत्या गरेको व्यारेक अहिलेसम्म सिल गरिएको छ । केही सामान बरामद नगरिएका कारण सुसाइड नोट तथा अन्य सामाग्री उपलब्ध नभएको जिल्ला प्रहरी काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *