हनी ट्रयापमा संलग्न एक युवती काठमाडौंको कुलेश्वरबाट पक्राउ


काठमाडौं । हनी ट्रयाप्मा संलग्न एक युवतीलाई प्रहरीले काठमाडौंबाट नियन्त्रयामा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले मंगलबार अपरान्ह् चितवनको रत्ननगर ८ घर भई काठमाडौंको कुलेश्वर बस्दै आएकी २८ वर्षकी अस्मिता आचार्यलाई पक्राउ गरेको हो ।
उनले राइस कुवर बनाउने बहानामा पटक पटक मोबाइलमा सम्पर्क गरी माग गरे अनुुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिने र प्रहरी तथा परिवारमा समेत भनिदिने भन्दै धाक, धम्की र डर त्रास देखाएर १० लाख दिन बाध्य बनाएको कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार १० लाख मागेकोमा ३ लाख चेकमार्फत अहिले दिने र बाँकी ७ लाख रकम एक हप्तामा दिने सर्तमा मोलमोलाइ गरेर रकम असुली गर्न खोजेकी थिईन ।
ति युवतीबाट नबिल बैंकको अस्मिता आचार्यको नाममा काटिएको ३ लाख को चेक, एप्पल कम्पनीके मोवाइल सहित पक्राउ गरेर आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको छ ।