प्रेस चौतारी सुर्खेतको अध्यक्षमा मुना हमाल सर्वसम्मत – Nepal Press

प्रेस चौतारी सुर्खेतको अध्यक्षमा मुना हमाल सर्वसम्मत

सुर्खेत । प्रेस चौतारी नेपाल सुर्खेतको अध्यक्षमा मुना हमाल चयन भएकी छन् । सातौं जिल्ला अधिवेशनबाट हमाल निर्विरोध अध्यक्ष निर्वाचित भएकी हुन् ।

नवगठित कार्यसमितिमा उपाध्यक्ष खुलातर्फ दिनेशकुमार बुढा र महिलातर्फ चन्द्रा कँडेल चयन भए । यस्तै सचिवमा रजनी योगी, सहसचिवमा कुलेन्द्र शाही र कोषाध्यक्षमा तेजबहादुर रोकाया चयन भए ।

सदस्यहरूमा कल्पना ढेंगा मगर, कल्पना हमाल, नन्द कठायत, विनोद घिमिरे, विक्रमकुमार विश्वकर्मा र चन्द्रबहादुर वली रहेका छन् ।

अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाहले पत्रकारिताको दायरा फराकिलो बनाउँदै सशक्त बनाउनुपर्नेमा जोड दिए ।

उनले सत्यमा आधारित समाचार प्रवाह गर्न पत्रकारहरू जागरूक हुनुपर्ने बताए ।

‘राज्यले कहिलेकाहीँ गल्ती गर्नसक्छ, पत्रकारहरूले त्यसलाई सही मार्गमा ल्याउन पहल गर्नुपर्छ’, शाहले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर