सदनबाट अध्यादेश पारित गर्न निर्णायक जसपा नेपाल अझै अनिर्णित (भिडिओ)
राजकिशोर यादव भन्छन्- कार्यदलले प्रतिवेदन बुझाएपछि पार्टीले निर्णय गर्छ


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यादेश अध्ययन गर्न गठित कार्यदलले पार्टीलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । सरकारले ल्याएको अध्यादेश भोलि सदनमा निर्णयार्थ पेश गर्ने कार्यसूची छ ।
तर पारित गर्न राष्ट्रिय सभामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल निर्णायक भए पनि अध्यादेशप्रति सकारात्मक छैन । प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको फोनपछि अध्यक्ष यादवले राजकिशोर यादवको नेतृत्वमा अध्यादेश अध्ययन कार्यदल गठन गरेका थिए ।
कार्यदलको बैठकपछि संयोजक यादवले भने, ‘केही अध्यादेश सकारात्मक छन्, तर केहीमा हाम्रो गम्भीर आपत्ति छ । हामी अझै बैठक बसेर अध्यादेशको विषयगत सबै उल्लेख गरेर प्रतिवेदन पार्टीलाई बझाउँछौं । अनि हामीले दिएको सुझावपछि पार्टी संसदीय दलको बैठकले निर्णय गर्छ ।’
उनले संसद बैठक बस्नुअघि समर्थन गर्ने कि नगर्ने भन्ने दलको बैठक बसेर निर्णय लिने बताए ।
यादवले अध्ययनका क्रममा सरकारले ल्याएको अध्यादेशमा फरक धारणा रहेकाले अहिले नै भन्नसक्ने अवस्था नभएको बताए ।