रविलाई आज न्यायिक हिरासतमा पठाउने न्यायाधीशको संकेत


काठमाडौं । चितवन जिल्ला अदालतमा रवि लामिछानेविरूद्ध थुनछेक बहस आज नसकिने भएको छ ।
न्यायाधीशले आज रविलाई न्यायिक हिरासतमा पठाउने संकेत गरेका छन् ।
आज रवि लामिछानेको बयानपछि थुनछेक बहस सुरू भएको छ । जाहेरीकर्ताको तर्फबाट एक वकिलले बहस सकेका छन् भने अहिले सरकारी वकिलले बहस गरिरहेका छन् । उनीहरूले रविलाई थुनामा पठाउन माग गरेका छन् ।
आज बहस नसकिने भएपछि रविलाई न्यायिक हिरासतमा पठाउने संकेत न्यायाधीश दयाराम ढकालले गरे । उनले चलिआएको अभ्यासअनुसार हुने टिप्पणी गरेका थिए ।
‘पूर्वमन्त्री भनेर फरक व्यवहार गर्न मिल्दैन, नियमानुसार गर्नुपर्छ’, उनले भने ।
यसअघि काठमाडौं र रूपन्देही जिल्ला अदालतले भने थुनछेक बहस नसकिएपछि रविलाई परिवार र वकिलको जिम्मा लगाएका थिए ।