प्रहरी प्रभाग साँखुमा महिला प्रहरी जवान झुण्डिएकाे अवस्थामा मृत फेला – Nepal Press

प्रहरी प्रभाग साँखुमा महिला प्रहरी जवान झुण्डिएकाे अवस्थामा मृत फेला

काठमाडौं । काठमाडौंको साँखुस्थित प्रहरी प्रभाग साँखुमा कार्यरत महिला प्रहरी मृत फेला परेकी छन् ।

बुधबार मध्यान्न साढे ११ बजेतिर ब्यारेककै पंखामा झुण्डिएको अवस्थामा प्रहरी जवान महिला मृत फेला परेकी हुन् ।

बर्दिया घर भएकी निशा चौधरी ब्यारेकको पंखामा झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए ।

उनले भने,‘अहिलेसम्म झुण्डिएर आत्महत्या गरेको देखिन्छ । सुसाइड नाेट या अन्य शंकास्पद बस्तु भेटिएकाे छैन । घटनाबारे प्रहरी वृत्त बाैद्धबाट  थप अनुसन्धान भइरहेको छ ।’

अनुसन्धानको लागि टोली परिचालन गरिसकेको उनले बताए । उनका अनुसार उनी ड्युटी बीचैमा छाडेर गएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *