राजदूत पण्डितद्वारा इजरायलका राष्ट्रपतिसँग फोनवार्ता, विपिनको रिहाइबारे छलफल
विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय नेतृत्व र दूतावाससँग निरन्तर संवादमा छौं : परराष्ट्र मन्त्री राणा


काठमाडौं । इजरायलका राष्ट्रपति आइज्याक हेर्जोगसँग इजरायलका लागि नेपाली राजदूत धन प्रसाद पण्डितले टेलिफोन वार्ता गरेका छन् ।
फोनवार्ताका क्रममा पण्डितले हमासले बन्दी बनाएको इजरायलमा अध्ययन गरिरहेका नेपाली विद्यार्थी विपिन जोशीसहितलाई छुटाउने र स्वदेश फर्काउने विषयमा छलफल भएको बताए ।
राष्ट्रपति हेर्जोगसँग फोनवार्ता भएको उल्लेख गर्दै परराष्ट्र मन्त्री डा. आजू राणा देउवाले आफ्नो प्राथमिकता विपिनको सकुशल रिहाइ भएको स्पष्ट पारेकी छन् ।
जसमा इजरायलले अनवरत प्रयास गर्ने कुरा राष्ट्रपतिले बताएको पनि उनले उल्लेख गरेकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हमासद्वारा बन्दी बनाइएको विपिन जोशीसहितको रिहाइ र स्वदेश फिर्तीमा इजरायले अनवरत प्रयास गर्ने कुरामा आश्वस्त पारेकोमा म इजरायलका राष्ट्रपति हेर्जोगलाई आभार व्यक्त गर्न चाहन्छु, हाम्रो लागि विपिनको रिहाइ र स्वदेश फिर्ती उच्च प्राथमिकतामा रहेको छ । जसका लागि हामी अन्तर्राष्ट्रिय नेतृत्व र दूतावासहरुसँग सघन संवादमा छौं ।’
’