मानव बेचबिखन र ठगीमा अछामका कांग्रेस क्षेत्रीय सभापति काठमाडौंबाट पक्राउ – Nepal Press

मानव बेचबिखन र ठगीमा अछामका कांग्रेस क्षेत्रीय सभापति काठमाडौंबाट पक्राउ

काठमाडौं । मानव तस्करी तथा ठगीको अभियोगमा नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ प्रदेशसभा (क) निर्वाचन क्षेत्रीय सभापति ताराप्रसाद खनाल पक्राउ परेका छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको महाराजगञ्जले पक्राउ गरेको एसएसपी दिपेन्द्र जिसीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनको साथबाट २ करोड ७० लाखको चेक समेत बरामद भएको छ । विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी करोडौं ठगी गरेको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको छ । पीडितहरुको जाहेरीका आधारमा पक्राउ गरिएको जिसीले बताए ।


प्रतिक्रिया

2 thoughts on “मानव बेचबिखन र ठगीमा अछामका कांग्रेस क्षेत्रीय सभापति काठमाडौंबाट पक्राउ

  1. यत्ति कोे नगरे नगर पालिका को नाम कसरी चिनिन्छ
    पञ्चदेवल बिनायक नगर पालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर