मानव बेचबिखन र ठगीमा अछामका कांग्रेस क्षेत्रीय सभापति काठमाडौंबाट पक्राउ

२०८१ माघ २३ गते १४:०८

काठमाडौं । मानव तस्करी तथा ठगीको अभियोगमा नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ प्रदेशसभा (क) निर्वाचन क्षेत्रीय सभापति ताराप्रसाद खनाल पक्राउ परेका छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको महाराजगञ्जले पक्राउ गरेको एसएसपी दिपेन्द्र जिसीले नेपाल प्रेसलाई जानकारी दिए ।
उनको साथबाट २ करोड ७० लाखको चेक समेत बरामद भएको छ । विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी करोडौं ठगी गरेको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको छ । पीडितहरुको जाहेरीका आधारमा पक्राउ गरिएको जिसीले बताए ।
प्रतिक्रिया
2 thoughts on “मानव बेचबिखन र ठगीमा अछामका कांग्रेस क्षेत्रीय सभापति काठमाडौंबाट पक्राउ”
Leave a Reply
सम्बन्धित खवर
हुँदा हुँदै मेरो नगर पालिकाले विश्व रेकर्ड कायम गर्ने भो विडम्बना 😭😭
यत्ति कोे नगरे नगर पालिका को नाम कसरी चिनिन्छ
पञ्चदेवल बिनायक नगर पालिका