नेपालको सुधारिएको ब्याटिङमा नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य – Nepal Press

नेपालको सुधारिएको ब्याटिङमा नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य

त्रिवि मैदानमा नेपाली महिला टिमको उच्च स्कोर

काठमाडौं । त्रिकोणात्मक महिला टी-२० सिरिज अन्तरगत आज जारी खेलमा नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालका लागि पूजा महतोले अविजित ६२ रन बनाइन् ।

सुधारिएको ब्याटिङ गर्दै नेपाली महिला टिमले त्रिवि मैदानमा अहिलेसम्मको आफ्नो उच्च स्कोर बनाएको हो ।

७ रनमा दुई विकेट गुमाएपश्चात कप्तान इन्दु बर्मा र पूजा महतोले नेपाललाई कमब्याक गराएका थिए । उनीहरुबीच ७८ रनको साझेदारी भयो । इन्दुले ३७ बलमा ३९ रन बनाएर आउट भइन् ।

पाँचौं नम्बरमा आएकी रुबिना क्षेत्रीले १६ बलमा २० रन बनाइन् । उनले ३ चौका प्रहार गरेकी थिइन् ।

पूजाले ५१ बलको सामना गर्दा ५ चौका प्रहार गरिन् । कविता जोशीले ६ बलमा एक छक्कासहित ७ रन जोडिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *