ललितपुरको टुङ्गन खोलाको पुल उद्घाटन


काठमाडौं । ललितपुरको महांकाल गाउँपालिका-५ टुङ्गन खोलामाथि बनेको पुल उद्घाटन गरिएको छ । उक्त पुल उद्घाटन गर्दै संघीय सांसद् उदयशम्शेर राणाले प्रदेश सरकारमा योजना पुगेपछि रोकिएको भन्दै नयाँ नेतृत्व आएपछि पुलको काम सम्पन्न भएको बताए ।
उनले भने, ‘धेरै पहिले नै हामी सबै दलका राजनीतिककर्मीहरू मिलेर पुल निर्माणमा लाग्यौं । संघीय सरकार मार्फत हामीले काम सुरू गरेका थियौं, तर प्रदेशमा गएपछि तीन बर्षसम्म काम रोकियो । फेरी देशमा नयाँ नेतृत्व आएपछि पुलको काम सम्पन्न भयो । त्यसको दुई महिना पछि बाढी आयो । यो पुल नबनेको भए चन्दनपुर बजार बाकी रहदैनथ्यो ।’
उनले ललितपुर, रौतहट वैकल्पित राजमार्गको रूपमा काम भैइरहेको पनि बताए । यस्तै महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेश बहादुर केसीले गाउँपालिकामा धेरै ठुला ठुला खोलाहरु भएको तर पुल कतै नभएको बताए ।
उनले भने,‘यहाँ दुर्लुङ खोला, टुङ्गन खोलासहित धेरै ठूला ठूला खोलाहरू छन् । यी खोलाहरूमा कहिँकतै पुल छैन, यहाँ एउटा पुल बन्यो तर बाढीले पुलसँगै झण्डै ज्यानै लग्यो ।’