प्रेस चौतारीको सल्यान अध्यक्षमा भण्डारी, समाजवादीबाट फर्केकालाई उपाध्यक्ष

२०८१ माघ २२ गते २०:३८

खलंगा । प्रेस चौतारी नेपालको सातौं जिल्ला अधिवेशनले भुमप्रकाश भण्डारीलाई अध्यक्ष चयन गरेको छ ।
समाजवादी प्रेस संगठन परित्याग गरी चौतारी फर्किएका उपाध्यक्ष वामदेव केसी उपाध्यक्ष नै भएका छन् ।
सचिवमा चुडामणि पीएम, कोषाध्यक्ष–कुलबहादुर रेउल चयन भए । सदस्यमा धनेश बुढाथोकी, रुपलाल गिरी, पोखरसिंह वली र पुर्णिमा डिसी चयन भएका छन् ।
केन्द्रीय परिषद सदस्यमा शंकर केसी, शिवा डांगी, प्रदेश परिषद सदस्य– झक्कु प्रसाद शर्मा र नोखिराम थापा चयन भए ।
प्रतिक्रिया
सम्बन्धित खवर