क्रान्तिकारीकाे चुनावी समीक्षा- हामीले जित्याैं, उहाँ निर्वाचित हुनुभयाे

‘शान्तिको निम्ति हिंसा गर्न र स्वतन्त्रताको निम्ति बन्दी बन्न’ राजी भएका बहादुर मान्छेहरूले निर्माण गरेको बलिदानी र बहादुर मान्छेहरूले निर्माण गरेको , बलीदानी र वीरताको विरासत बोकेको लाखौं लाख विद्यार्थीहरू संगठित हाम्रो प्यारो संगठन अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन सम्पन्न भइसकेको छ । यस सम्मेलनले इतिहासलाई केही जवाफ दिएको छ । साथै केही प्रश्न अवश्य छाडेको छ ।
चौथो पूर्ण बैठक जसले २३औं राष्ट्रिय सम्मेलनको मिति तोक्यो र केही विधि पनि टुंगो लगायो, जसमा केन्द्रीय समितिको पदाधिकारी, सचिवालय र सदस्यको संख्या, निर्वाचन प्रणाली आदि । र, टड्कारो उठेको एजेण्डा थियो उमेर हद । उमेर हदबारे नीति र नेतृत्व चुन्नु अगाडि राष्ट्रिय सम्मेलनको हलबाट नै टुंग्याउने निर्णय भयो ।
सम्मेलनको हलमा हुँदै फेरि हामीले देख्यौं ‘उमेर हद खारेज हुनुपर्छ’ भन्ने एउटा सानो समूहको नारा र नारा लगाउने कमरेडहरूको झोलामा खुकुरी । यो दृश्य संगठनको निम्ति दुःखद दृश्य थियो ।
हामी यही निर्णय र जिम्मेवारीसहित फिल्ड फर्क्यौं, आ-आफ्नो जिम्मामा रहेको जिल्ला-प्रदेश सम्मेलन समयमै सम्पन्न गरेर राष्ट्रिय सम्मेलनका लागि काठमाडौं आयौं । सम्मेलन सामान्य प्रक्रियाबाट नै अगाडि बढ्दै थियो ।
तर, उमेर हदको एजेण्डामा गएर सम्मेलन अड्कियो । प्रतिनिधिहरूको बीचमा संगठनमा उमेर हद लगाउन आवश्यक छ वा छैन भन्ने मत मतान्तर छँदै थियो । सम्मेलनको हलमा हुँदै हामीले सुन्यौं पार्टी केन्द्रको पदाधिकारीले संगठनमा ३२ वर्षे उमेर हद लगाएर जाने निर्णय गरे ।
सम्मेलनको हलमा हुँदै फेरि हामीले देख्यौं ‘उमेर हद खारेज हुनुपर्छ’ भन्ने एउटा सानो समूहको नारा र नारा लगाउने कमरेडहरूको झोलामा खुकुरी । यो दृश्य संगठनको निम्ति दुःखद दृश्य थियो ।
उक्त दृश्यपश्चात उमेर हदको विषय न पार्टी पदाधिकारीले निर्णय गरेबमोजिम टुंगो लगाउने वातावरण बन्यो न त हलमार्फत प्रतिनिधिहरूद्वारा टुंगो लगाउने वातावरण नै बन्यो, समय घर्किँदै गयो अन्ततः सम्मेलन स्थगन भयो ।
निर्वाचन समितिको सूचनाबमोजिम माघ १३ गते उमेर हद पक्ष-विपक्षमा निर्वाचन हुने भयो । उमेर हद पक्षधर-विपक्षधरहरूले आ-आफ्नो अभियान सुरू गरे । हामी आफ्नो एजेण्डामा अडिग थियौं । आजको दिनमा उमेर हद जरुरी छ, संगठनमा ३२ वर्षको उमेर हद लगाउनु पर्छ भन्ने कुरामा हामी स्पष्ट थियौं ।
शान्ति प्रक्रियादेखि आजको दिनसम्म करिब १८-१९ वर्षमा हामीले ७ वटा राष्ट्रिय सम्मेलन मात्रै सम्पन्न गर्यौं । सम्पन्न गरेका राष्ट्रिय सम्मेलनहरूमध्ये पनि २१औं राष्ट्रिय सम्मेलनमात्रै निर्वाचनमार्फत टुंगियो । यसले कतै न कतै संगठन जीवनमा अस्तव्यस्तता र नेतृत्वहरूमा जाम सिर्जना गरेको थियो ।
यसको उदाहरण म आफैँ एक हुँ । जो १९औँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समिति सदस्य बनेर २०औं र २१औं सम्म तीन कार्यकाल केन्द्रीय सदस्यको रुपमा काम गर्नुपर्यो ।
यो पक्षबाट हेर्दा ३२ वर्षे उमेर हद ठूलै ब्रेक थ्रु भन्ने लाग्छ । अर्कोतर्फ हाम्रै संगठनको पहल र नेतृत्वमा स्ववियू निर्वाचनमा २८ वर्षे उमेर हद लागू गरिसकेका छौं । संगठनका महत्त्वपूर्ण उद्देश्यहरू मध्ये एउटा उद्देश्य स्ववियू निर्वाचनमा आफूलाई श्रेष्ठता हासिल गरेर आफ्नो एजेन्डाहरू स्ववियूमार्फत स्थापित गर्नु पनि हो ।
तसर्थ स्ववियू निर्वाचनमा सिनियर र प्रभावशाली उम्मेदवार निर्माण गर्नका निम्ति पनि संगठनको जाम खोल्न वा संगठनमा उमेर हद लगाउन जरुरी थियो । अन्ततः संगठनमा ३२ वर्षे उमेर हदको एजेन्डा बहुमतले लागू गर्यौं, हामीले हाम्रो एजेन्डा संगठनमा स्थापित गरी छाड्यौँ ।
उमेर हदको निर्वाचन पश्चात् नेतृत्व निर्माणको निर्वाचनमा मापदण्ड भित्र उम्मेदवारको आकांक्षी बन्नु स्वभाविक थियो । आधा दर्जन अध्यक्षका उम्मेदवारहरू मध्ये एक जना म थिए । मैले अध्यक्ष पदको उम्मेद्वारीसँगै १५ बुँदामा मेरो एजेण्डाहरू प्रस्तुत गरेको थिए ।
जरा जमिनमा फर्काउने कार्यक्रम
विद्यालय कलेज र विश्वविद्यालयका विद्यार्थीहरु मलिलो माटो/जमिन हुन् भने क्रान्तिकारीहरु क्रान्तिकारी विचार, न्याय र स्वतन्त्रताको बीउ हुन्, जरा हुन् । त्यसैले क्रान्तिकारी नेताहरुलाई विद्यालय कलेज र विश्वविद्यालय फर्काइन्थ्यो न कि पार्टी मुख्यालय र नेताको निवास ।
विचारबाट सिद्धान्त निर्माण हुन्छ जब सिद्धान्तलाई प्रयोग गर्छौं तब परिणाम प्राप्त हुन्छ। सादा जीवन, सरल व्यवहार, सफा संस्कृति र अनुशासन । वर्गीय पक्षधरता, कठोर मेहनत र निरन्तर संघर्ष । यस्ता आधारभूत कुराहरू व्यवहारमा लागू गरेर फरक आकर्षणसहितको शक्तिशाली संगठन निर्माण हुन्थ्यो । जसले मात्रै संगठनको उद्देश्य र सहितको सपना पूरा गर्न सकिन्थ्यो ।
भ्रष्टाचारी र शैक्षिक माफियाहरुको नाम सार्वजनिक गर्न सकिन्थ्यो । शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने, ‘मुखमा क्रान्ति व्यवहारमा भ्रान्ति’ गर्ने, पार्टी र संगठनभित्रका ढँटुवाहरूको नाम सार्वजनिक गर्न सकिन्थ्यो ।
ठूलठूला दबाब र प्रभावका बावजुद अन्ततः अध्यक्ष पदका उम्मेदवार ४ जना मात्र रह्यौं ।
सापेक्षतामा टीमहरू निर्माण हुनु स्वाभाविक थियो । उमेर हद लागू भइसकेपश्चात् ‘उमेर हद खारेजी हुनुपर्छ’ भन्ने पंक्तिको एउटा टीम निर्माण भयो । र, उक्त टीमको नाराहरू थियो ‘गुटहरूको बन्ध्याकरण हेडक्वाटरमा केन्द्रीकरण’ ।
तर, ती व्यक्ति र समूहले आफ्नो स्वार्थसिद्ध गर्न हेडक्वाटरलाई बन्ध्याकरण गरिरह्यो, हेडक्वाटरको नाम बेचिरह्यो, पार्टीको मूल नेतृत्वलाई गुटको रूपमा विभाजन गरिरह्यो, बदनाम गरिरह्यो, सचिवालय पनि त्यसमा सक्रिय रह्यो, नेतृत्वलाई गुमराहमा पारिरह्यो, भने पार्टी मूल नेतृत्व मुकदर्शक बनिरहन पुग्यो ।
सहमति वा केन्द्रीयता लागू गर्दा हेडक्वाटरको निर्णायक र हस्तक्षेपकारी भूमिका स्वाभाविक हुन्थ्यो । तर, आन्तरिक लोकतन्त्र वा निर्वाचनमा मुल नेतृत्व/हेडक्वाटर साझा हुनु पर्दथ्यो, हेडक्वाटर छाना हो भने सबैलाई ओत दिइनु पर्दथ्यो ।
स्ववियू निर्वाचनमा सिनियर र प्रभावशाली उम्मेदवार निर्माण गर्नका निम्ति पनि संगठनको जाम खोल्न वा संगठनमा उमेर हद लगाउन जरुरी थियो । अन्ततः संगठनमा ३२ वर्षे उमेर हदको एजेन्डा बहुमतले लागू गर्यौं, हामीले हाम्रो एजेन्डा संगठनमा स्थापित गरी छाड्यौँ ।
एक्ला एक्लै होइन बरु कम्तीमा अध्यक्ष पदका सबै उन्मेदवारहरुलाई बोलाएर ‘जानुहोस् स्वस्थ प्रतिस्पर्धा गनुहोस्, निर्वाचित भए/नभए तपाईँहरू सबै मेरो हो/हेडक्वाटरको हो भनिदिनु भएको भए ? हेडक्वाटर साँचो अर्थमा हेडक्वाटर हुन्थ्यो । अझ महान् हुन्थ्यो ।
दिलबहादुर रम्तेल जसले यो संगठनको सदस्यता लिन पाएनन्, बेनोज अधिकारी, पूर्ण पौडेल जो यो संगठनको अध्यक्ष बन्न पाएनन् तर महान बनिरहे । हामी महान बन्न त सकेनौं नै तर संगठनमा रहेर ती महानहरूका अधुरा सपना पूरा गर्न सकेको काम गरिरह्यौं, अहिले पनि हामीले नीतिमाथि निर्वाचन गर्यौं र संगठनमा ३२ वर्षे उमेर हद लगायौं जो प्रगतिशील थियो र त्यसको पक्षमा दह्रो उभियौं त्यसमा गर्व छ, जनवादको प्रयोग गरेर नेतृत्व चयन गर्यौं त्यसमा अझ गर्व छ ।
२३औं राष्ट्रिय सम्मेलन निरन्तरताको होइन, क्रमभंगताको सम्मेलन हो । यसले अभियान र आन्दोलनमा पनि क्रमभंग गर्नुपर्छ । फेरि पनि समीक्षा, संकल्प र सहकार्य नै आजको आवश्यकता हो ।
अन्ततः एजेण्डामाथि हामीले जित्यौं र एजेण्डाभित्र नेतृत्वको निर्वाचनमा उहाँ निर्वाचित हुनुभयो । जित्नु हुने र निर्वाचित हुनुहुने सबै कमरेडहरूलाई बधाई !
(हेमन्त हालै सम्पन्न अखिल क्रान्तिकारीको चुनावमा झिनो मतले अध्यक्षमा पराजित भएका थिए)
राम्रो समीक्षा । तर हेडक्वार्टरको हस्तक्षेप नै राई जि हार्नुको कारण देखियो, स्पष्ट रूपमा । अनि जनजातीको छोरोलाई मौका दिनुपर्नेमा
पार्टी अध्यक्ष नै हराउन हिडेको देखिनुले माओवादी जनजातीको पक्षमा रहेछ त भन्ने शंका भयो । आखिर अध्यक्ष दाहालले अर्का पौडेललाई जिताए । खोइ त जनजातीलाई प्रोत्साहन ? उल्टै हस्तक्षेप र धाँधली ( मसीको रङ्ग मार्फत) गरेर हराईयो । यसका विरूद्व लडिरहनुहोस् । हाम्रो साथ रहनेछ ।