प्रेस चौतारी काभ्रे अध्यक्षमा तिमल्सिना, समाजवादीबाट फर्केकालाई उपाध्यक्ष र सहसचिव – Nepal Press

प्रेस चौतारी काभ्रे अध्यक्षमा तिमल्सिना, समाजवादीबाट फर्केकालाई उपाध्यक्ष र सहसचिव

बनेपा । प्रेस चौतारी नेपाल काभ्रे शाखाको आठौं अधिवेशनबाट केदार तिमल्सिना अध्यक्षमा निर्वाचित भएका छन् ।

समाजवादी प्रेस संगठनबाट एकता प्रक्रियामा सामेल भएका जिल्लाका अध्यक्ष सन्तोष चौलागाईं उपाध्यक्ष र केन्द्रीय सदस्य बुद्धकुमार श्रेष्ठ (रोहित) सहसचिव निर्वाचित भएका छन् ।

महिला उपाध्यक्षमा सविता न्यौपान, सचिव विकास तिमल्सिना, सहसचिव रञ्जित बोहरा, कोषाध्यक्ष मणिराम दाहाल निर्वाचित भएका छन् ।

सदस्यमा अमिता शाही ठकुरी, बालकृष्ण बजगाई, नवराज ढकाल (घायल योद्धा), लोकवहादुर थापा, अमित न्यौपाने, सिर्जना सापकोटा, प्रदीप भण्डारी र जयराज बजगाईं निर्वाचित भएका छन् ।

अधिवेशनको उदघाटन एमाले पोलिट्ब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले गरेका थिए । अधिवेशनको विशिष्ट अतिथि संगठनका वरिष्ठ नेता विश्वमणि सुवेदी थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर