प्रेस चौतारी तनहुँको अध्यक्षमा दोहोरिए श्रेष्ठ – Nepal Press

प्रेस चौतारी तनहुँको अध्यक्षमा दोहोरिए श्रेष्ठ

काठमाडौं । प्रेस चौतारी नेपाल तनहुँ शाखाको अध्यक्षमा राजकुमार श्रेष्ठ विवि चयन भएका छन् । शाखाको आज सम्पन्न दशौ अधिवेशनबाट श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका हुन् ।

अधिवेशनबाट शाखाको उपाध्यक्षमा कृष्ण न्यौपाने, महिला उपाध्यक्षमा सुनिता आचार्य, सचिवमा ऋषिकान्त दुवाडी, सहसचिवमा किरण श्रेष्ठ र अन्जन परियार, कोषाध्यक्षमा सागर गिरी र सदस्यहरुमा विष्णुबहादुर सिंजाली र देव गजमेर सर्वसम्मत भएका छन् ।

केन्द्रीय प्रतिनिधिमा प्रेमप्रसाद पौडेल, मदन तिमिल्सना र सम्झना रसाइली चयन भएका हुन् ।

अधिवेशनको उद्घाटन गर्दै नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज केदार सिग्देलले पत्रकार समाजको ऐना र मार्गदर्शक बन्नुपर्ने बताए । पत्रकारिता सत्य, निष्पक्ष र तथ्यगत हुनुपर्ने उनको भनाइ थियो ।

उनले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि पत्रकारको कलम महत्वपूर्ण भूमिका रहेको बताउँदै निरकुंश तन्त्रको अन्त्यका लागि पत्रकार निडर भएर लागेको स्मरण गरे ।

चौतारी नेपालका केन्द्रीय लेखा आयोग उपाध्यक्ष नवराज ढकालले प्रेस चौतारी हरेक पत्रकारको सुखदुःखको सङ्गठन बन्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा (एमाले) का जिल्ला सचिव प्रदीपराज अधिकारी, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष डिपी अधिकारी, प्रेस युनियन तनहुँका अध्यक्ष गोरा मियॉ लगायतले पत्रकारिता क्षेत्रका बारेमा धारणा राखेका थिए ।

प्रेस चौतारी पत्रकारिता पुरस्कार पूर्वअध्यक्ष श्रेष्ठलाई

प्रेस चौतारी नेपाल तनहुँ शाखामा स्थापित प्रेस चौतारी पत्रकारिता पुरस्कार शाखाका पूर्वअध्यक्ष त्रिभुवन श्रेष्ठलाई प्रदान गरिएको छ । शाखाको आज यहॉ आयोजित दशौ जिल्ला अधिवेशनका अवसरमा श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

नेकपा (एमाले) का केन्द्रीय सदस्य केदार सिग्देल, प्रेस चौतारी नेपाल तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ विविले संयुक्त रुपमा उक्त पुरस्कार श्रेष्ठलाई प्रदान गरे । उक्त पुरस्कारको राशी रु दश हजार रहेको छ ।

प्रेस चौतारीले मरेर बाँचेकाहरु र अन्तिम सन्देश नामक वृत्तचित्र प्रदर्शन गरेर बेचेको रकमबाट रु एक लाखको पत्रकारिता अक्षयकोष स्थापना गरेको थियो । उक्त कोषको व्याजबाट प्रत्येक वर्ष एक जना क्रियाशील पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्ने गरिएको छ ।

यसअघि उक्त पुरस्कारबाट वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, शाखाका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, नारायण खड्का, बसन्ती बास्तोला, कृष्ण न्यौपाने पुरस्कृत भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *