पाथीभरा केबलकार विवाद- गृहमन्त्रीले गरे कोशीका १४ कांग्रेस जिल्ला सभापतिसँग छलफल

२०८१ माघ २२ गते १७:५८

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका १४ जिल्लाका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुसँग छलफल गरेका छन् ।
पाथीभरा केबुलकार निर्माण सम्बन्धमा देखिएका समस्याका बारेमा कोशी प्रदेशका पार्टी सभापतिहरुसँग छलफल गरेको गृहमन्त्रीको सचिवायले जनाएको छ ।
पाथीभरामा केवलकार निर्माण गर्न नहुने भन्दै आन्दोलन चर्किएपछि कोशी तनाबग्रस्त बनेको थियो । अहिले आन्दोलनरत पक्षसँग सरकारले वार्ता टोली बनाएर छलफल गरिरहेको छ। यद्यपी अहिलेसम्म कुनै सहमति भएको छैन ।
आन्दोलनरत पक्षले केबलकार निर्माण तत्काल स्थगित हुनुपर्ने अडान राखिरहेका छन्।
प्रतिक्रिया