राष्ट्रिय एआई नीति ल्याउँदै सरकार- मस्यौदामा मागियो सुझाव (पूर्णपाठ) – Nepal Press

राष्ट्रिय एआई नीति ल्याउँदै सरकार- मस्यौदामा मागियो सुझाव (पूर्णपाठ)

काठमाडौं । सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीतिको मस्यौदा तयार गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उक्त मस्यौदा सार्वजनिक गर्दै ७ दिनको म्याद दिएर सुझावसमेत मागेको छ ।

नीतिको आवश्यकताबारे प्रष्ट्याउँदै मन्त्रालयले नेपालमा एआईलाई विभिन्न क्षेत्रमा प्रयोग गर्न, अनुसन्धान एवं विकासलाई व्यापकता दिन, सुशासन र सार्वजनिक सेवा सुधार गर्न, नयाँ व्यापारिक अवसर सिर्जना गर्न, नवप्रवर्तनलाई प्रवर्द्धन गर्न र एआई प्रविधिको नियमन मार्फत उक्त प्रविधिवाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न नीतिगत व्यवस्था गर्न भनेको छ ।

यस नीतिले डाटाको सहज पहुँच, डाटा इकोसिस्टमको निर्माण, एआई साक्षारता तथा दक्षता अभिवृद्धि गर्दै दीर्घकालीन रूपमा शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन, कृषि, वित्त, प्राकृतिक प्रकोप व्यवस्थापन, कला, मनोरञ्जन लगायतका क्षेत्रमा एआईको प्रयोग मार्फत आर्थिक, सामाजिक रूपान्तरण गर्न सक्ने पनि विश्वास लिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर