विद्यालयमा बालबालिका कुटिएकाेप्रति लुम्बिनीका सांसदहरुको आपत्ति, गरे कारबाहीको माग – Nepal Press

विद्यालयमा बालबालिका कुटिएकाेप्रति लुम्बिनीका सांसदहरुको आपत्ति, गरे कारबाहीको माग

रुपन्देही । विद्यालयमा बालबालिकाले कुटाइ खाएको विषयले सदनमै प्रवेश पाएको छ । केही दिनअघि नवलपरासी प्रतापपुर ३ का ६ वर्षीय बालकको शिक्षकको कुटाइबाट विद्यार्थीको आँखा फुटेर तीन पटक अप्रेशन गरिएको छ भने रुपन्देहीको सैनामैनामा शिक्षकको कुटाइबाट विद्यार्थीको कानको जाली फुटेको विषय नेपाल प्रेसले प्रकाशन गरेको थियो ।

लुम्बिनी प्रदेश सभाको पाँचौ अधिवेशनको तेस्रो बैठकमा माघ ५ गते पूर्वमन्त्री तथा सांसद भगवती घिमिरे अधिकारीले यस्तो गम्भीर प्रकृतिको घटनामा पीडकलाई कारबाही नगरी पीडितलाई न्यान नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

‘शिक्षकको कुटाईले विद्यार्थीको आँखा नै गुम्यो, यस्तोमा पनि मेरो र तेरो गरेर पीडिकलाई जोगाउन खोजिए कस्तो अवस्था होला ? पीडितको परिवारले न्याय नपाएको गुनासो गरेका छन् तत्काल सरकारको ध्यानाकर्षण होस्’, उनले भनिन् ।

विद्यालयले नै गल्ती स्वीकार गरेपनि कुनै शक्तिको आडमा यस्ता कमजोरी लुकाइन नहुने उनले बताइन् । उनले यस्ता घटनाले विद्यार्थीहरु मानसिक रुपमा कमजोर भएको बताउँदै विद्यालयमा यस्तो गरिन नहुने बताइन् ।

मंगलबार पाँचौ अधिवेशनको सातौं बैठकमा अर्का पूर्वमन्त्री तथा सांसद सिके गुप्ताले यस्तै विषयलाई सदनमा उठाएका छन् । नयाँ कुरा सिक्न र पढ्न अभिभावकले विद्यालयलाई सुम्पेका विद्यार्थीमाथि भएको ज्यादतिलाई सामान्य ढंगले हेर्नू नहुने उनको भनाइ थियो ।

‘रुपन्देही नवलपरासीमा केही दिनअघि यस्ता गम्भीर विषय आएका छन्, विद्यालयमै शिक्षकको कुटाईबाट विद्यार्थीले आँखा गुमाउनुपर्ने, केही दिनअपघ रुपन्देहीको सैनामैना माविका विद्यार्थीको कानको जाली फुटेको छ, यस्ता कुकर्म गर्नेमाथि कारबाही माग गर्नुपर्दछ, जोसुकै भएपनि कारबाही गरेर जाऔं’, उनले भने ।

गुप्ताले विद्यालयभित्र बालबालिकाहरु असुरक्षित हुने अवस्था रहेको भन्दै सुधारको लागि सरकारको ध्यानाकर्षण गराउँदै विद्यार्थीहरु माथि कुटपिट गर्ने शिक्षकहरुलाई कडा कारबाही गर्दै पीडितलाई न्याय दिलाउन माग गरे ।

प्रदेश सभाको पाँचौं अधिवेशनको सातौं बैठकले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला तथा कानून समितिमा पठाएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले बैठकमा लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्वन्धित सममितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

सो प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मतिले प्रदेश मामिला तथा कानुन समितिमा पठाउने प्रस्ताव स्वीकृत भएको सभामुख तुलाराम घर्तीमगरले बैठकमा जानकारी गराएका थिए । प्रदेश सभा सदस्यहरुले समसामायिक विषयमा विशेष समयमा सम्वोधन गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश सभा सदस्य धर्मबहादुर चौधरीले बर्दियाको राजापुर क्षेत्र ऐहिासिक भएकाले त्यस ठाउँको विकासका लागि बृहत्तर योजना आवश्यक रहेको बताए । प्रदेश सभा सदस्य दिपेन्द्रकुमार पुनले सरकारले जनभावना अनुसार काम गर्नुपर्ने बताए ।

प्रदेश सभा सदस्य राजु श्रेष्ठले गतववर्षको दायित्व भुक्तानीको लागि सरकारले ध्यान दिनुपर्ने बताए ।प्रदेश सभा सदस्य दुर्गाप्रसाद चौधरीले बाँके र बर्दियाको भावनालाई सम्वोधन गर्न प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा आएको बताउँदै त्यो भावनाको सम्मान गर्न आग्रह गरे ।

प्रदेश सभा सदस्य बादशाह कुर्मीले किसानलाई सिंचाइको सुविधा पु¥याउनुपर्ने माग राखे । उखु खेतीलाई प्राथमिकतामा राखेर सरकारले कार्यक्रम बनाउनुपर्ने धारणा उनको छ । प्रदेश सभा सदस्य भण्डारीलाल अहिरले शिक्षा क्षेत्रलाई सुधार गर्नुपर्ने बताए ।

शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकार भएकाले समान रुपमा सबैले पाउने वातावरण सुनश्चित हुनुपर्ने धारणा राखे । प्रदेश सभा सदस्य मालती सोडारीले बाढीपीडितहरुले अझैं राहत पाउन नसकेको बताइन् । सुरक्षित आवास कार्यक्रम पनि अधुरो रहेको उनको भनाइ थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर