प्रचण्डको प्रष्टीकरण- पार्टी एक ढिक्का छ, बाहिर चर्चा भए जस्तो केही हुनेवाला छैन (भिडिओ) – Nepal Press

प्रचण्डको प्रष्टीकरण- पार्टी एक ढिक्का छ, बाहिर चर्चा भए जस्तो केही हुनेवाला छैन (भिडिओ)

‘हिजो जंगलमा थिएनौं, जनताको काखमा थियौं’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कुनै समस्या नभएको प्रष्टीकरण दिएका छन् ।

अखिल क्रान्तिकारीको निर्वाचनमा उपमहासचिव जनार्दन शर्मा पक्ष हावी भएको तरंग माओवादी वृत्तमा चलिरहेको बेलामा म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले पार्टीको केन्द्रीय समिति एक ढिक्का रहेको बताए ।

उनको भनाइ जस्ताको तस्तै

हामीले पार्टी एकता कायम राख्न सकेनौं, हामी आफ्नो वर्ग र समुदायबाट केही टाढा हुन पुग्यौं । म अन्तर्आत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो । अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने संकल्पका साथ अघि बढेका छौं । आखिर हाम्रो तागत जनताको तागत नै हो ।

हामी हिजो जंगलमा थिएनौं, जनताको काखमा थियौं । अहिले हामी जंगलमा भयौं, काठमाडौंको जंगलमा । जाली फटाहा, पूँजीपतिहरुको बीचमा । त्यहाँ पनि मजदुर र किसान छन् । ती समुदायसँग सम्बन्ध स्थापित गर्ने र जनतातिर फर्कने कसम खाएर म देशभर हिँडिरहेको छु र अब हाम्रो सिंगो पार्टी हिँड्दैछ । तपाईंहरुले कहिलेकाहीँ पत्रिका, रेडियो, टीभीमा हेर्नुहुन्छ, सुन्नुहुन्छ होला, लौ यो पार्टीमा त के के हुन लाग्यो, त्यस्तो केही हुनेवाला छैन ।

हाम्रो केन्द्रीय समिति एक ढिक्का छ । छिट्टै माओवादी जतिलाई एकताबद्ध गरिँदैछ । हेर्नुहोला, सबै फुटेका माओवादीलाई एकै ठाउँमा ल्याउने काम गर्दैछौंं, गर्छौं पनि । समाजवादीहरुलाई पनि एकै ठाउँमा ल्याउने काम गर्दैछौं ।

अब हामीले तपाईंहरुको बीचमा केही त्रृटि त गरेकै हौं । तैपनि हाम्रै छोराछोरी हौं भनिदिनुपर्‍यो । तपाईंले त्यसो भनिदिनुभयो भने २०६४ होइन, २०८४ मा त्योभन्दा पनि राम्रो गर्नसक्छौं ।


प्रतिक्रिया

One thought on “प्रचण्डको प्रष्टीकरण- पार्टी एक ढिक्का छ, बाहिर चर्चा भए जस्तो केही हुनेवाला छैन (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर