नेप्सेमा १४.०८ अंकको गिरावट, ८ अर्ब ९१ करोडको कारोबार – Nepal Press

नेप्सेमा १४.०८ अंकको गिरावट, ८ अर्ब ९१ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से १४.०८ अंकले घटेर २ हजार ७ सय १५ दशमलब ९१ विन्दुमा बन्द भएको हो ।

नेप्सेका अनुसार आज ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा ७१ कम्पनीको शेयरमूल्य बढ्दा १६२ को घटेको छ भने ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आजको कारोबारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक कमाउँदा तीन कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाए । जसमा कर्पोरेट डेभलपमेन्ट लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक रहेका छन् । यी कम्पनीहरुको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ३० करोड ८७ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *