ओलीले ढाँटछल र जालझेल गर्नुसम्म गरे, यस्ता मान्छे प्रधानमन्त्री भएर देश बन्दैन: प्रचण्ड (भिडिओ) – Nepal Press

ओलीले ढाँटछल र जालझेल गर्नुसम्म गरे, यस्ता मान्छे प्रधानमन्त्री भएर देश बन्दैन: प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तो जालीझेली र ढाँटछल अरु कसैले गर्न नसक्ने बताएका छन् ।

म्याग्दीको बेनीमा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै उनले ओली संविधानविपरीत प्रधानमन्त्री बनेको आरोप लगाए ।

आफूले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि ठूलो दलको हैसियतले कांग्रेस सभापति प्रधानमन्त्री बन्नुपर्नेमा संविधान मिचेर ओलीलाई बनाइएको प्रचण्डले दाबी गरे ।

उनले भने, ‘यो गठबन्धन बनाउने बेलामा एमालेको नेता, जो अहिले प्रधानमन्त्री हुनुहुन्छ । उहाँले यति धेरै ढाँटछल, जालझेल गर्नुभयो । मलाई त गर्नसम्म गर्नुभयो । तपाईंहरुले सुन्नुभएकै छ स्वर्ग र नर्कको कुरा । उहाँ हस्ताक्षर गरेर आएर गरेकै छैन भन्ने, यस्तो जालीझेली, यस्तो फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ? देशको लागि यो भन्दा ठूलो दुर्भाग्य के होला ।’

प्रचण्डले बाहिर कांग्रेस र एमाले मिलेर सरकार बनाए पनि बिचौलिया र दलालहरुले बनाएको आरोप लगाए ।

उनले भ्रष्टाचारविरुद्धको अभियान चलाएपछि कांग्रेस-एमालेका ठूला नेताहरु पर्ने देखेपछि रातारात मिलेको दाबी गरे ।


प्रतिक्रिया

2 thoughts on “ओलीले ढाँटछल र जालझेल गर्नुसम्म गरे, यस्ता मान्छे प्रधानमन्त्री भएर देश बन्दैन: प्रचण्ड (भिडिओ)

  1. दिल्लीले पैदा गरेका भाडाका टट्टुहरूलाई ओलिले पाहा पछारेजसरी पछारेको देख्दा तिघ्रा ठटाउन मन लाग्छ ।

  2. तिम्रो तीन पटकको कार्यकालमा देश सिंगापुर बन्यो हैन त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर