तातेताते नेपालले पहिलो वार्षिक अभिभावक दिवस मनायो


काठमाडौं । ताते ताते नेपालले आफ्नो पहिलो वार्षिक अभिभावक दिवस मनाएको छ । ताते ताते नेपाल अटिज्म सहितको न्यूरोडेभलपमेन्टल समस्या भएका बालबालिकाप्रति समर्पित संस्थान हो ।
ताते ताते नेपालले १५ बालबालिकालाई डे केयर सेवा प्रदान गर्दै आएको छ, जसले उनीहरूको विशेष आवश्यकताहरूलाई ध्यानमा राखेर विभिन्न प्रकारका थेरापीहरू उपलब्ध गराउँछ। यी थेरापीहरूमा Speech therapy, Occupational therapy, Behavior therapy, र फिजियोथेरापी समावेश छन्।
संस्थानमा बाल चिकित्सा र मनोचिकित्सा डाक्टरहरूको परामर्श सेवाहरू पनि उपलब्ध छन्, जसले प्रत्येक बालबालिकाको लागि समग्र हेरचाह सुनिश्चित गर्दछ। विशेष शिक्षक र पर्याप्त देखभाल गर्ने व्यक्तिहरूसँगै, ताते ताते नेपालले विकास र सिकाइको लागि उचित वातावरण सिर्जना गर्न प्रयास गर्दैछ।
संस्थाका अध्यक्ष भरत पोखरेल सभापति रहेको कार्यक्रममा कागेश्वरी नगरपालिकाका उपमेयर शान्ता थापा प्रमुख अतिथि थिइन् ।