उपसभापति खड्काको आग्रह- विवाद र झगडा जे गरेपनि बन्द कोठामा मात्रै गरौँ, बाहिर एकताबद्ध बनौँ – Nepal Press

उपसभापति खड्काको आग्रह- विवाद र झगडा जे गरेपनि बन्द कोठामा मात्रै गरौँ, बाहिर एकताबद्ध बनौँ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस एकताबद्ध भएर अगाडि बढे २०८४ को निर्वाचनमा कसैले रोक्न नसक्ने बताएका छन्।

७७ जिल्ला पार्टी सभापतिहरूको भेलालाई सम्बोधन गर्दै पार्टीका नेताहरूले अन्तर्घात गर्न छाड्नुपर्ने बताए।

उनले भने, ‘बाहिर गएर एउटा कांग्रेसका नेताले अर्को नेताको विरुद्ध बोल्न गर्नुपर्छ। बन्द कोठामा बसौँ, छलफल गरौँ, मनमा लागेका कुरा गरौँ, झगडा र विवाद गरौँ तर बाहिर निस्किएपछि एकताबद्ध भएर एकले अर्कालाई सम्मान गर्ने, एउटाको सफलतामा अर्को पनि लाग्ने, नयाँ चालचलनसहित अघि बढौँ।’

उनले कांग्रेसले मात्रै मुलुकमा समृद्धि ल्याउनसक्ने बताए। उनले अहिले संविधान संशोधनलाई प्राथमिकता दिएर सात बुँदे सहमति गरेर एमालेसँग सहकार्य थालेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर