लुम्बिनीमा एमालेका सांसद तथा मन्त्रीका स्वकीय सचिवहरूलाई अभिमुखीकरण – Nepal Press

लुम्बिनीमा एमालेका सांसद तथा मन्त्रीका स्वकीय सचिवहरूलाई अभिमुखीकरण

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सभा सदस्य तथा मुख्यमन्त्री, मन्त्रीहरूका स्वकीय सचिवहरूलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

मुख्यमन्त्री तथा संसदीय दलका नेता चेतनारायण आचार्यले अभिमुखीकरण कार्यक्रमको मङ्गलवार उद्घाटन गर्दै प्रदेश सरकारले सम्पादन गरेका कामहरूलाई जनस्तरमा प्रभावकारी रूपमा पुर्‍याउन निर्देशन दिएका छन् ।

प्रदेश सरकारले नागरिकको दैनिक जीवनसँग जोडिएका थुप्रै कामहरूलाई कार्यान्वयन गरिरहेको, त्यसलाई जनस्तरमा पुर्‍याउन, प्रदेशलाई स्थापित गर्ने सवालमा ध्यान दिएर काम गर्न निर्देशन दिनु भएको हो ।

‘सरकारले सुशासन, पारदर्शिता, जावफदेहीताको क्षेत्रमा थुप्रै काम गरेको छ । यति मात्र होइन, विकास निर्माणका कामहरूलाई पनि गति प्रदान गरेको छ । यसलाई स्थापित गर्न जनपरिचालनको क्षेत्रमा सचिवालयले प्रभावकारी रूपमा काम गर्न जरुरी छ’उनले भने, ‘नागरिकको आवश्यकता र चाहना अनुसार प्रदेश सरकारले वार्षिक तथा आवधिक योजनाहरू निर्माण गरेर अघि बढेको छ । समुदाय तहबाट आउने सुझाव र गुनासाहरूलाई सम्बोधन गर्ने गरी सरकारले काम गरिरहेको छ । यसलाई अझ व्यवस्थित गर्न जरुरी छ ।’

एमाले संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गरिएको थियो ।

एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, प्रमुख सचेतक तुलसीप्रसाद चौधरी, प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले सचिवालयको काम, कर्तव्य र जिम्मेवारीको बारेमा प्रशिक्षण दिनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर