डा. सन्तोष पौडेलको नेतृत्वमा फेरिएको वीर अस्पताल- व्यवस्थापन सबल, सेवामा बन्दै अब्बल


काठमाडौं । २०७९ फागुनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको निर्देशकमा नियुक्त भएका डा. सन्तोष पौडेलले २ वर्षे कार्यकालमा निकै सुधारका काम गरेका छन् ।
तत्कालीन स्वास्थ्यमन्त्री पदम गिरीले वीरको निर्देशकमा नियुक्त गरेका अर्थोपेडिक सर्जन पौडेलले सर्जिकल भवन पूर्ण क्षमतामा सञ्चालनदेखि विशिष्टिकृत वार्डहरू सञ्चालन गरेका छन् ।
यस्तै, ओपिडी बिहान साढे ८ बजेबाट नै सञ्चालन गरिएको छ । फार्मेसी सेवाको टेन्डरलाई नेपालमा नै नयाँ ढंगले व्यवस्थित गरेका छन् । जेनेरिक मोलिक्युलको औषधिमा ५ वटासम्म ब्रान्डहरू र एक न्यूनतम मूल्याङ्कन गरी ६ वटा औषधि खरिद गरिएको र यसबाट दैनिक कारोबारमा २० लाख रुपैयाँ नाफा अस्पतालले कमाउन सफल भएको उनले बताएका छन् ।
यस्तै, पछिल्लो ६ महिनामा ६ करोडभन्दा बढी मुनाफा कमाएको पनि उनको भनाई छ ।
सर्किजल भवनमा फार्मेसी थप गरिएको, मेडिकल भवनमा पनि इण्डोर फार्मेसी थपिएको, ओटी फार्मेसीसहित अहिले ५ स्थानबाट फार्मेसी सेवा सुचारु गरिएको छ ।
यस्तै, गुणस्तरीय सेवा प्रदान गर्नका लागि इमेर्जेन्सीमा ट्रिग सिस्टम लागू गरिएको छ । साथै रेड जोन, एलो जोन र ग्रिन जोन गरी सेवा प्राथमिकिकरण गरिएको छ ।
२४ घण्टे एमेर्जेन्सी ल्याबलाई नयाँ सर्किजल भवनमा सारेर सेवाको दायरा फराकिलो पारिएको छ ।
निर्देशक डा. सन्तोष पौडेलको नेतृत्वमा वीर अस्पतालमा भएका केही व्यवस्थापन सुधारका कार्यहरु
1. कार्यभार सम्हाल्दाको पहिलो निर्णय: “डा के डी जोशी बर्न सेन्टर” सञ्चालनमा ल्याइएको जसमा बर्न प्लास्टिक ओ टी,आई सी यु तथा वार्ड (१५ बेडको) रहेको। राष्ट्रिय स्तरमा नै जलनको उपचारलाई निःशुल्क गर्न पैरवी गरेको।
2. सर्जिकल भवन पूर्ण रूपमा सञ्चालनमा आएको । सम्पूर्ण सर्जरीका वार्ड,ओटी,आई सी यु सर्जिकल भवनमा सरिएको।
3. विशिष्टीकृत वार्डहरू सञ्चालनमा ल्याइएको ।ज्येष्ठ नागरिक वार्ड, Neuro Endo, Chest Ward, Hepatology Ward, Hematology ward, जस्ता Specialized Wards सञ्चालनमा आए।
4. विभिन्न विधाका विशिष्टीकृत सघन उपचार कक्ष (Intensive Care Unit) हरू सञ्चालनमा ल्याएको। CCU-9 Bed, Medical-8, Respiratory-5,Gastro-Hepato-9,Surgical-9, Neurosurgery-9, A-ICU-14 Burn ICU-5 bed साथै धेरै HDU सेवाहरू सञ्चालनमा ल्याएको।
5. Blood Sample Collection Counter लाई खुल्ला र सजिलो ठाउँमा सारेर व्यवस्थित गरेको।जसले गर्दा भिडभाड व्यवस्थित भएको। बिहान ७ बजेदेखि नै Blood Sample Collection सेवा सुरु गरिएको छ ।
6. ओ पी डी बिहान ८ :३० देखि नै सञ्चालन गरिएको छ।हाल ८:३० देखि नै सुरु हुने कार्यालय समय पालनालाई कडाइ गरिएको। सेवा समयलाई आधार मानी सेवा विस्तार भत्ता उपलब्ध गराइएको।
7. कवाडी सामानको लिलाम गरेको । १ करोड ६१ लाखमा कवाडी टेन्डरको टुङ्गो लागि हटाउन सुरु गरिएको।अस्पताल सरसफाइले मुहार फेरेको ।
8. प्रत्येक आइतबार रक्तदान कार्यक्रम सुरु गरेको ।
9. फार्मेसी सेवाको टेन्डरलाई नेपालमै नयाँ ढंगले व्यवस्थित गरेको। हरेक generic moleculeको औषधिमा ५ वटा सम्म Brand हरू र एक न्यूनतम मूल्याङ्कित गरी ६ बटा सम्म औषधि खरिद गरिएको। यसरी दैनिक कारोबार नै ५ लाख कमबाट २५ लाख भन्दा माथि पुगेको। पछिल्लो ६ महिनामा अस्पतालले ८ करोडभन्दा बढी मुनाफा गर्न सकेको। सर्जिकल भवनमा फार्मेसी थप गरिएको, मेडिकल भवनमा पनि नयाँ Indoor फार्मेसी थपिएको। OT Pharmacy सहित हाल ५ स्थानबाट फार्मेसी सेवा सुचारु गरिएको छ ।
10. Emergency मा Triage System लागू गरिएको छ साथै RED ZONE YELLOW ZONE AND GREEN ZONE गरी सेवा प्राथमिकीकरण गरिएको।यसले सेवाको गुणस्तरमा फड्को मारेको छ।
11. २४ घण्टे Emergency Lab लाई नयाँ सर्जिकल भवनमा सारिएको। सेवाको दायरा फराकिलो पारेको।
12. ओ पी डी तथा आकस्मिक कक्षका शौचालयको मर्मत सम्भार गरिएको।बन्द शौचालयहरू मर्मत गरी पुनः प्रयोगमा ल्याइएको। सर्जिकल भवनका भुइँतल्लाको साथै अधिकांश शौचालय सर्वसाधारणको लागि खुल्ला गरिएको छ जुन पहिले बन्द थिए।
13. महानगरपालिकाले भत्काएको पुराना फार्मेसीका सटरको भग्नावशेष सरसफाइ गरी बगैँचा बनाइएको छ। अस्पताल वरिपरि सरसफाइ र बगैँचा निर्माण ।
14. सामाजिक सेवालाई भुईँ तल्लामा सारेर सेवाग्राही मैत्री बनाइएको छ।स्वास्थ्य बीमाको काउन्टर थप गरिएको। कुन सेवा कहाँ छ भनेर सेवाग्राही ले बुझ्ने गरी भित्ते लेखन गरेको।
15. प्रदेश सरकारहरूसँग कडा रोगको उपचार सम्बन्धी सम्झौता गरिएको ।बिरामीले थप राहत पाएको।
16. टिकट काउन्टरहरू र बिलिङ काउन्टर तला पिच्छे थप गरेको साथै बिहान ७ बजे देखि नै टिकट खुल्ला गरेको।online ticketing सुरु गरी व्यवस्थित गरेको।
17. साँझको समय ४ देखि ८ बजेसम्म मा Extended Health Service (EHS) ई एच यश सेवा सञ्चालन गरेको तर जनशक्ति अभावमा रोकिएको सो सेवा टोमोथेरापी र डेण्टल सेवाबाट पुनः सञ्चालनको तयारी गरिएको।
18. ओ पी डीमा ह्वील चियर ट्रलीको व्यवस्था भिजिटरहरु बस्नको लागि आरामदायी बेन्चको व्यवस्था गरिएको।
19. सार्वजनिक बिदामा पनि एम आर आई सेवा सुरु गरिएको थियो। अस्पतालमा लामो समय पालो कुर्नु परेमा निजि संस्थासँगको सहकार्यमा वीरकै दररेटमा सेवा सुनिश्चित गरिएको।
20. सबै कर्मचारीको नि: शुल्क स्वास्थ्य बीमा गरिएको छ ।अप्रेसन थिएटरमा सबैलाई खाजाको व्यवस्था । सर्जिकल भवन लगायत विभिन्न ठाउँमा कर्मचारीको लागि ई हाजिरी मेसिन राखिएको।
21. OPD Services तर्फ:
a. आरोग्य क्लिनिक Wellness Clinic and GP Clinic सञ्चालन मा ल्याइएको।
b. ग्यस्ट्रो सर्जिकल ओ पी डी हप्तामा २ दिनबाट ४ दिन बनाइएको।नयाँ PAIN CLINIC सञ्चालनमा ल्याएको । प्लास्टिक सर्जरी र सिटिभिएस ओपिडी नयाँ स्थानबाट सुरु गरिएको।
c. अङ्कोलोजी Cancer ओ पी डी तेस्रो तलामा व्यवस्थित गरिएको।Tomotherapy र Mammogram जस्ता नयाँ सेवा सञ्चालनमा आएको । साईक्याट्रिक ओ पी डीलाई पहिलो तल्लाबाट सञ्चालन।
22. भूकम्पपछि रोकिएका सम्पूर्ण सर्जरी सेवा सुचारु भएको: Orthopaedic र Plastic को सर्जरी सेवा पनि वीर अस्पतालबाट पुनः सुचारु गरेको ।Open Heart Surgery सेवा नियमित सुचारु भएको छ।
23. मुटुरोग विभागमा Cathlab सेवा सुरु गरिएको। नियमित Angioplasty सेवा सुचारु भएको।
24. Emergency को पुनर्निर्माण र पथ्य शाखाको निर्माण को कार्यको ठेक्का लागेर सम्झौता अगाडि बढेको। ६ महिना भित्र ७५ बेडको स्मार्ट ईमर्जेन्सी र फराकिलो अस्पताल चमेना गृह बन्ने।
25. सेवाको गुणस्तरका लागि
a. Antimicrobial Stewardship Program लागू गरेको।
b. Pharmacovigilance, Drug Information Center and Rational Use of Drug का विविध कार्यक्रम सञ्चालन गरिएको।
c. HAI Surveillance and IPC Training नियमित रूपमा सञ्चालनमा ल्याएको।
d. Academic Grand Rounds को सुरुवात गरेको । हरेक महिनाको चौथो शुक्रवार बिहान।
26. खरिद कार्यलाई व्यवस्थित गरिएको, लामो समय देखि रोकिएका साल-बसाली हुनै पर्ने ठेक्कालाई नियमित गरेको। १० लाख भन्दा कमका खरिदमा पनि Online विधिबाट Tender गरिएको।
27. अस्पतालको आन्तरिक आय आ व २०७९/८०मा ५४ करोड रहेकोमा आ व २०८०/८१ मा २५ करोड बढाएर ७९ करोड पुर्याइएको।यस वर्ष कमसेकम १ अर्ब पुर्याउने लक्ष्य रहेको।