उपेन्द्रलाई ओली र देउवाको फोन, अध्यादेशमा सहयोग गर्न आग्रह – Nepal Press

उपेन्द्रलाई ओली र देउवाको फोन, अध्यादेशमा सहयोग गर्न आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको अध्यादेशलाई सघाउन भन्दै जसपाका अध्यक्ष उपेन्द्र यादवलाई फोन गरेका छन् ।

सोमबार केन्द्रीय कार्यकारिणी समितिको सोमबारको बैठक जारी रहेका बेला ओली र देउवाले यादवलाई पालैपालो फोन गरेको स्रोतले जनाएको छ ।

उनीहरुको फोन पछि जसपाले अध्यादेश अध्ययन गर्न राजकिशोर यादवको संयोजकत्वमा कार्यदल गठन गरेको छ । उक्त कार्यदलले मंगलबार संसदीय दल बैठकमा कार्यदलले रिपोर्ट प्रस्तुत गर्ने जनाइएको छ ।

राष्ट्रिय सभामा जसपाको मत बहुमतका लागि निर्णायक भएकोले यादवलाई सहमतिमा ल्याउन खोजिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर