जनार्दनप्रति माओवादी नेतृको कटाक्ष- मुसाले तार काटे जसरी पार्टीको मेरुदण्ड काट्न खोज्दैछन्


काठमाडौं । नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले पकड बढाउँदै लैजाँदा ‘हेडक्वार्टर’ नजिकका नेताहरुले प्रतिवाद थालेका छन् ।
अखिल क्रान्तिकारीको निर्वाचनमा जनार्दनको प्यानलले अध्यक्षबाहेक अन्य पदमा बहुमत जितेपछि उनीमाथि अध्यक्ष प्रचण्ड पक्षधरले पार्टी कमजोर र गुट बलियो बनाउन खोजेको आरोप लगाइरहेका छन् ।
शर्माले आफू निटकहरुको गोप्य भेलासमेत आयोजना गरेको चर्चा चलिरहेका बेला माओवादी केन्द्रीय सदस्य ओमकुमारी पौडेलले सोमबार शर्माको नाम नलिई प्रस्ट बुझिने भाषामा नेतृत्वविरुद्ध मिडिया ट्रायल र भोजभतेर गरेको आरोप लगाएकी छन् ।
प्रचण्ड प्रधानमन्त्री रहेका बेला प्रधानमन्त्रीको जनसम्पर्क विज्ञसमेत रहिसकेकी पौडेलले फेसबुकबाटै शर्माप्रति कटाक्ष गरेकी हुन् । उनले शर्मा अर्थमन्त्री भएका बेला बजेट बनाउने ठाउँमा बाहिरी व्यक्ति प्रवेश गरेको र सीसीटीभीको तार मुसाले काटेको सन्दर्भसमेत कोट्याउँदै पार्टीको मेरुदण्ड काट्न खोजेको आरोप लगाएकी छन् ।
याे पनि पढ्नुस् : १- प्रचण्डको प्राधिकारमा ‘टिम जनार्दन’को धक्का, अध्यक्षमा चुनौती दिने पक्का !
शर्माप्रति लक्षित गर्दै पौडेलले भनेकी छन्- ‘मुसाले तार काटे जसरी पार्टीको मेरुदण्ड काट्न लागिपर्नेलाई आमजनता र नेता कार्यकर्ताले राम्रोसँग चिनेका छन् कि ऊ अप्ठेरो त छँदै थियो र समस्या सधैं हो, तर समाधान चाहिँ कहिल्यै होइन । इतिहास छर्लङ्गै छ त प्रचण्ड विचार हो, आन्दोलन हो, नेतृत्व हो र समाधान पनि त हो । भोजभतेरी उनलाई कसैले बुझाइदेऊ, आन्दोलन चल्न त स्पष्ट दिशा निर्देशसहितको नेतृत्व र सुविचारित संगठन चाहिन्छ ।’
याे पनि पढ्नुस् : ३- ‘खुमलटारबाटै जनार्दन एमाले जाँदैछ, पार्टी फुटाउँदैछ भन्ने हल्ला चलाइयो’ (पूर्णपाठ)
प्रचण्डको पुच्छर भएर तर मारेकाले जनार्दनलाई भन्दा के अनौठो भयो र ?