ललितपुरको यूएन पार्कमा सञ्चालनमा आयो सफायर एस्थेटिक


ललितपुर । ललितपुरको यूएन पार्क नजिकै सफायर एस्थेटिक सञ्चालनमा आएको छ । नेपालका लोकप्रिय कलाकार प्रशान्त ताम्राकार, प्रियंका कार्की र आयुष्मान देशराज जोशीले उक्त सफायर एस्थेटिकको उद्घाटन गरेका हुन् ।
सफायर एस्थेटिकमा छाला उपचार, लेजर उपचार, वडी कन्टोरिङ र फ्याट रिडक्सन, पीआरपी थेरापी, कस्टेमिक डर्माटोलोजी, सौन्दर्य सर्जिकल सुविधा, कस्टोमाइज्ड स्किन केयर प्लानहरु प्राप्त गर्न सकिनेछ ।
यहाँ डर्माटोलोजिस्ट एन्ड फेसियल प्लास्टिक सर्जन, इएनटी एन्ड फेसियल प्लास्टिक सर्जन, अकुलोप्लास्टी एन्ड फेसियल प्लास्टिक सर्जनलगायत दक्ष विशेषज्ञ टीमबाट सेवा प्राप्त गर्न सकिनेछ । जहाँ नयाँ टेक्नोलोजीमा आधारित अत्याधुनिक मेडिकल उपकरणहरुको व्यवस्था गरिएको छ । यसबाट फेसियल एनलाइसिस, वडी कम्पोजिसन एनालाइसिसको सुविधा प्राप्त गर्न सकिन्छ ।
क्रायोलाइपोलाईसिस (चिसोबाट सेकेर बोसो पगाल्ने), ईएनटी स्लिमिङ (यसबाट बोसो पगालेर मसल्स स्टेन्थिङ) गर्ने जसका लागि अब विदेश जानुनपर्ने र धेरै खर्च नहुने भएको छ । धेरै सरल र सुविधाका साथ नेपालमै सम्भव गराउन सफल भएको अकुलोप्लास्टी एन्ड फेसियल प्लास्टिक सर्जन डा. पूजा राजभण्डारीले जानकारी दिइन् ।
यसबाहेक सफायर एस्थेटिकमा फेसियल कन्टोरिङ गर्ने हाइफु प्रविधिको सुविधा छ, जसबाट ठूलो अनुहार र डबल चिउँडो, गालामा बोसो भएकाहरुको सेप निकाल्न महत्वपूर्ण हुनेछ । यसबाहेक कार्बन डाइअक्साइड लेजर जसमा कार्बन फिलिङ, स्कार रिमुभर, ट्याटु हटाउने, किलोइटको उपचार, स्किनलाई अझ रिमोडल रिसर्फेस गर्न हाइडाफेसियललगायत नयाँ टेक्निकका धेरै प्रविधिहरु उपलब्ध छन् । यसले तपाईंलाई सुन्दर बनाउनुका साथै तपाईंको आत्मबल र आत्मविश्वास बढाउन मद्दत गर्ने छाला तथा सौन्दर्य विशेषज्ञ सेली राजभण्डारीको भनाइ छ ।
विगत १० वषदेखि ललितपुरको पुल्चोकस्थित नेशल आई एन्ड कस्मेटिक सर्जरी सेन्टर सञ्चालन गर्दै आएकोमा यसलाई अझ विस्तारका रुपमा विगर र वेटर रुपमा अघि बढाउन हामी नयाँ ठाउँमा सिफ्ट भएको अकुलोप्लास्टी एन्ड फेसियल प्लास्टिक सर्जन डा. राजभण्डारीले बताइन् ।
विगत करिब ५ वर्षदेखि ननसर्जिकल प्रोस्युडर पनि अहिले बुभिङ विषय भएर निस्किएको छ । अहिले ननसर्जिकल मेथडहरुमा विश्वव्यापी रुपमा सौन्दर्यलाई कसरी राम्रो बनाउने भन्नेबारे रिभोलुसन नै आएको छ । उनी भन्छिन्, ‘आफ्नो सौन्दर्य राम्रो भएपछि सेल्फ कन्फिडेन्स बढेको र भित्रैदेखि खुशी हुने गरेको पाइएको छ । यसले काम गर्ने ठाउँमा इफिसियन्सी बढेको देखिन्छ ।’